कैलाली कारागारबाट १२ वर्षअघि भागेका देवबहादुर पक्राउ

काठमाडौं । कैलाली कारागारले देवबहादुर सिंह उर्फ दीपकबहादुर सिंहलाई काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार सरुवा गरेको छ ।

कैलाली कारागारबाट १२ वर्षअघि भागेका सिंहलाई कैलाली प्रहरीले माघ ३० मा कञ्चनपुरबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै जिल्ला कारागार कैलाली बुझाइएका सिंहलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । कैलाली प्रहरी प्रमुख एसएसपी पदम विष्टका अनुसार शनिबार नै सिंहलाई हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो ।

सिंहलाई कैलाली कारागारमै राख्दा सुरक्षा चुनौती देखिएपछि उनलाई काठमाडौं पठाइएको हो । ०६४ फागुन २४ मा गोदावरी–७ का युवा बमबहादुर साउदको गोली हानी हत्या गरेको अभियोगमा उनलाई कैलाली जिल्ला अदालतले ०६७ मंसिर २७ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यसबाहेक उनीविरुद्ध दर्जनौँ अपराधका मुद्दा अदालतमा अझै विचाराधीन छन् ।

सुदूरपश्चिममा चार संसदीय समितिका सभापति निर्विरोध,आधिकारिक घोषणा भोली हुने

कैलाली । सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिमा आज चार जनाको मात्रै उम्मेदवारी परेको छ ।
ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एक एक जनाको उम्मेदवारी परेको हो । त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसकी तुलसी देवकोटाको उम्मेदवारी परेको  प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो ।

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन् । आज आज चार वटै समितिमा सभापति निर्विरोध भएपनि त्यसको घोषणा भने  भोली घोषणा गरिने छ ।

भोलि बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यस अघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो । तर, विधायन तथा प्रदेश मामिला समिति बाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थितको अस्पतालमा भर्ना

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्। पोखरा भ्रमण वर्षको उद्‍घाटन कार्यक्रममा बेलुक उडाउन क्रममा पड्किदा अर्थमन्त्री पौडेल घाइते भएका थिए।

उनलाई तत्कालै पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहनुसार उनलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उनको सचिवालयले जानकारी दिएको छ।

‘पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ,’ उनको सचिवालयले भनेको छ।

त्यस्तै पखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन्। उनलाई पनि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएको छ। उनको अनुहार जलेको पोखराका सहायक सिडिओ शिव लम्सालले जानकारी दिए।

 

भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौं : प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको बताए ।

‘मैले सरकारको नेतृत्व गर्दा  भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ उनले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’

अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पद्वारा झण्डै १० हजार कर्मचारी बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन् । आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ ।

बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ । बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो । अमेरिकामा २३ लाख संघीय कर्मचारी छन् ।

बेलुन पड्किँदा अर्थमन्त्री पौडेल सहित पोखराका मेयर घाइते

पोखरा : पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि दुवै जना घाइते भएका हुन् । आचार्यका प्रेस सल्लाहकार भीम थापाका अनुसार प्रमुख आचार्य सामान्य घाइते भएका छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै अर्थमन्त्री पौडेलको कोटमा आगोको झिल्का लागेको थियो । उनलाई उपचारका लागि गण्डकी अस्पताल लगिएको छ । गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि उनी आजै काठमाडौं फर्कने अर्थ मन्त्रालयले जनाएको छ ।

महाकुम्भ मेला जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी – उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बोलेरो र बस एक आपसमा ठोक्किएका हुन्।

दुर्घटना शनिबार बिहान  राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए। यसै क्रममा दुर्घटना भएको थियो।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ। घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।

तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएको थियो। मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोमा यात्रा गरिरहेका थिए। स्थानीय र बटुवाहरूले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको उत्तरप्रदेश सरकारले जानकारी दिएको छ।

 

फेरि फेब्रुअरी १४ (कविता ) 

हिक्मत थापा 

सिद्दिएका छैनन,

हरमन्टाइनले बोकेर ल्याएका

आकाश भरी बालुवाका धुलामैला कण

हेर ,

तर म फुले फेरि

शितल वायु वर्षा नहुदैं

तिमिलाई सम्झाउन,

क्यालेन्डरले ल्याई सकेछ

फेरि फेब्रुअरी १४ !

*** *******

मनमा त्यै याद जस्तै

तप तप पोखिदैं गरेका

प्रेमिल रंग जस्तै

गुलाफी रंग भएर

म पोखिए तिम्रै अधरमा

र, फैलिए मुस्कान भइ

त्यो पुरानो समयमा

आज फेरि ताजा भइ ,

आएछ साँच्ची नै,

फेरि फेब्रुअरी १४ !

** *** *****

बर्षालु बादलले

ल्याएको चिसो हावाको

मायालु स्पर्श पछि

तिमी फेरि आयौं ,

मातिएको बर्षातको

बुँद बुँद भएर

मानौं,

समय सबैं

बैशालु बनाउदै

साच्चैं

तिमी आयौं

फेरि फेब्रुअरी १४ ।

* ********

(१४ फेब्रुअरी २०२५ लेगोस , नाइजेरिया )

हरमन्टाइन : सुख्खा मौसममा सहारा मरुभूमि बाट आउने बालुवाका कण बोकेको हावा ।

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण

पूर्ण बहादर खड्का,

अछाम –

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० बर्षिय युवक निरोज भुलको बायाँ खुट्टाले दुख दिन थालेको ३ बर्ष भयो ।

खुट्टाको दुखाई सहन निरोजलाई गाह्रो भएपछि उनका परिवारले सुरुका २ बर्षसम्म गाँउघरमै झाडफुक गराए । निरोजका दाई बिक्रम भुलले भने सुरुमा त खुट्टामा निनाँउने ९झम्झम गर्ने० भयो होला भन्ने लाग्यो झाडफुक गराए निको होला सोच्यौ, तर भाईकोे खुट्टाको दुखाई कम भएन ।

२ बर्षसम्म झाडफुक संगै मेडिकल तथा अस्पतालहरुमा औषधी उपचार गराँए तर पनि भाईलाई खुट्टाले दुख दिन छाडेन् बिक्रम भन्छन् झन् झन् समस्या बल्झिन् लाग्यो ।

एक्सरे, भिडयो एक्सरे गर्दा खुट्टामा खासै समस्या नदेखाउने तर निरोजलाई भने खुट्टा दुखिराख्ने, उकालो उरालो गर्न गाह्रो हुने, ठुलो समान बोक्न अप्ठेरो हुने, राती सुत्दा पनि दुख्ने, शरिरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले उनलाई ३ बर्ष देखि पिरोलि रहेको थियो ।

गत बैशाख महिना भाईलाई लिएर बिक्रम धनगढीको नवजीवन अस्पतालमा पुगेपनि त्यहाँबाट उनलाई नेपालगञ्ज अथवा काठमाण्डौँ लैजान सल्लाह दिएपछि आर्थिक अभावका कारण बिक्रमले भाईको उपचार नगरि घर फर्के ।

त्यसपछि उनलाई जिल्लाबाहिर जान आर्थिक अवस्थाले पुगेन । आफूसँग पैसा थिएन, भएको कमाइ जति घरखर्च र तलमाथि गर्दामै सकियो । निरोजले भने, ‘त्यसपछि म थला परे जस्तै भँए ।’

आफु संग पैसा थिएन् निरोजका दाई बिक्रम भन्छन् डाक्टरको सल्लाह अुनसार ८ देखि ९ लाख पैसा लाग्छ भने पछि म भाईलाई लिएर घर पर्के । घरखर्च चलाउन धौ धौ थियो यति ठुलो पैसा जम्मा गर्न सक्ने अवस्था नै भएन् ।

दुखाईको औषधी खाएपछि केहि दिन दुखाई कम भए जस्तो हुने तर बेला बेला निरोजलाई खुट्टाले दुख दिईरह्यो ।

आर्थिक अभावका कारण भाईको उपचार गराउन नसकेका निरोजका दाई बिक्रमले ६ महिना अघि बयालपाटा अस्पतालमा पुगेर भाईको हिपको जोर्नी प्रत्यारोपणका लागि लाग्ने सामाग्री आफै लिएर आउँछु भाईको उपचार यहि गरिदिन भनेर अर्र्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक संग आग्रह गरे ।

तत्पश्चात बिक्रमको आग्रह पछि डा. मन्दिपले निरोजको खुट्टाको एमआरआई गरेर आउन भने, बिक्रमले भाईलाई नपालगञ्ज लिएर एमआरआई गराएर अछाम फर्के ।

एमआरआई हेर्दा निरोजको बाँया खुट्टाको गेठी (हिप_ पूर्ण रुपमा मरेको थियो डाक्टर मन्दिपले भने, उनको पुरै हिप रिप्लेशमेन्ट (खुट्टाको कम्मरमा रहेको गेठी) को प्रत्यारोपण गर्नुपर्ने थियो ।

‘हामीले निरोजको हिप रिप्लेशमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी ग¥यौँ’, डा। मन्दिपले भने, ‘उनको बायाँ खुट्टाको हिप रिप्लेशमेन्ट गर्न सफल भयौँ ।’

डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रिया बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए ।  सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी हिजो मात्रै काठमाण्डौँबाट अछाम आईपुगेका थिए ।

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा। मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गराएरै छाडे ।

शल्यक्रियामा संलग्न डाक्टर भाष्कर राज पन्तका अनुसार निरोजलाई १ दिन मात्रै अस्पतालमा राखेर दोश्रो दिन आज हिड्न लगाएर भोली घर फर्काउने तयारी छ ।

निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तका अनुसार सुदूरपहाड मै पहिलो पटक यस्तो खालको अप्रेशन बयालपाटा अस्पतालमा भएको बताए ।

नेपालका ठुलठुला सेन्टरमा मात्र हुने यो एक प्रकारको ठुलै प्रबिधि भएको र यसका लागि आवश्यक पर्ने सबै उपकरण काठमाण्डौँबाट ल्याईएको उनले बताए । अमेरिकामा बनेको नयाँ कम्पनी जिम्मरको उपकरण यस अप्रशेनमा प्रयोग गरिएको छ, त्यसका लागि प्राविधिक सहयोगी समेत बयालपाटा अस्पताल आएका थिए ।

बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रको, खिईएको, हिड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी ९गेठी० काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेठी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ)समेत कृत्रिम बनाईने अप्रेशन भएको डा. पन्तले बताए ।

बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाईएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारीले बताए ।

निरोज भुल बयालपाटा बजारमा व्यापार गर्छन् । ४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रिया पश्चात निरोजको मुहारमा खुसी छाएको छ । उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा संचो हुने महुसुस गरिसकेका छन् । उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि कम भएको छ ।’ आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको निरोजले भने ।

अप्रेशन कक्षमा लिनु पहिले मनमा डर लागिरहेको थियो निरोज भन्छन् तर जब अप्रेशन सुरु भयो मलाई दुखाईको अनुभव नै भएन । अप्रेशन पश्चात अहिले अलि अलि दुखिरहेको उनले बताए ।

आफ्नो भाईको घरछेउमै सफल शल्यक्रिया हुदाँ, निरोजका दाई बिक्रम पनि हर्षित छन् । नेपालगञ्ज अथवा काठमाण्डौँ अप्रशेन गर्दा घरखेत बेच्नु पर्थ्यो तर आफ्नै घर नजिकै निशुल्क भाईको उपचार हुदाँ एकदमै खुशी लागेको बिक्रम भुलले बताए ।

डा. मन्दिप भन्छन्, ‘यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ । श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरु खिईएको, घुँडाको हड्डी खिईएको, कम्मरको हड्डी खिईएका र खेलाडीहरुलाई हुन सक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशन गर्न सकिन्छ ।

बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिईएको बिरामी आउने गरेका उनको भनाई छ ।

अर्थोपेडिक मात्र नभएर डाईलाइसिस सेवा, हाईडोसिल, हर्निया, ऐपेण्डिक्स, स्टोन, गलब्लाडर, दुरविनबाट दिईने सेवा समेत बयालपाटा अस्पतालमा दिन सकिने डा। मन्दिपले बताए ।

पाका उमेरका नागरिकमा हड्डी खिईने समस्या दुर्गम अझ धेरै छ, अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तले भने शल्यक्रिया गरि उनिहरुलाई हिड्न बनाउने जोर्नी प्रत्यारोपण भनेको जिन्दगी बचाउने शल्यक्रियाका रुपमा लिने गरिन्छ ।

बयालपाटा अस्पतालमा यस्ता प्रकारका थुप्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार भएपनि दिर्घकालिन रुपमा अस्पताल सञ्चालनको सुनिश्चिता हुनु अपरिहार्य छ । दुर्गमका जनतालाई शुल्क तिरेर शल्यक्रिया गर्न अप्ठेरो हुने अवस्थामा बयालपाटा अस्पतालमा निशुल्क शल्यक्रिया हुदाँ यहाँका नागरिकले दोश्रो जीवन पाएको अनुभुती गर्छन् ।

न्याय हेल्थ नेपालको व्यावस्थापन र सञ्चालनमा रहेको बयालपाटा अस्पताल अहिलेकै मोडेलमा सञ्चालनमा हुनुपर्ने पूर्व जिविस सभापती भरत कुमार स्वाँरको भनाई छ । बयालपाटा अस्पताल बुझ्नेलाई श्रीखंण्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै हो पूर्व सभापती स्वाँरले भने जुनसकै हालतमा पनि बयालपाटा अस्पताल यहि अवस्थामा सञ्चालन गराउन पहल गर्नुपर्छ ।
आज मैले थाह पाँए काठमाण्डौँ जस्ता ठुलठुला शहरमा हुने र मैले आफै पनि बुझेको छु १५/१६ लाख खर्च हुने जस्तो अप्रेशन बयालपाटा अस्पतालमा सफल हुनु हाम्रा लागि गर्वको कुरा भएको उनले बताए ।

बयालपाटा अस्पताल यहि हालतमा सञ्चालनमा हुन नसके यस क्षेत्रका लाखौँ जनताले दुख पाउछन् साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुँवर भन्छन् सेवा क्षेत्रका स्थानिय पालिका र प्रदेश सरकारले बयालपाटा अस्पताललाई अनुदान सहयोगको निति बनाएर लागु गर्नुपर्दछ ।

सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत ५० सैयाको बेडमा सञ्चालन रहेको बयालपाटा अस्पताललाई दातृ निकायबाट बजेट कटौति हुदाँ पनि सुदूरप्रदेश सरकारले बिगत ३ बर्ष यता बजेट बिनियोजित गरेको छैन् ।

७२ बर्षिय चन्द्रकलाको समेत हिपको जोर्नी प्रत्यारोपण ।

यसै बिच जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ गयलकी ७२ बर्षिय चन्द्रकला खड्काको खुट्टको समेत सफल शल्यक्रिया भएको छ । ४ दिन पहिले घरबाट लडेर घाईते भएकी खड्काको समेत हिपको जोर्नी भाँचिएको थियो ।

उनको समेत आजै सफल शल्यक्रिया भएको हो । डाक्टर मन्दिप पाठकको नेतृत्वको टोलीले खड्काको अर्ध हिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो ।

घरबाट लड्दा खुट््टाको हड्डी टुटेको रैछ उनका साथमा आएका ७३ बर्षिय श्रीमान् बज्जिरे खड्काले भने यहाँ उपचार नभएको भए भारत जानुपर्ने थियो तर यहि आफ्नै ठाँउमा निशुल्क उपचार हुदाँ निकै खुशी लागेको छ ।
उमेरले पनि वृद्ध अवस्थाका मान्छे, त्यसमा पनि बिभिन्न समस्याका कारणले झन् बढी जोखिम हुने भएपनि डा। मन्दिपको टिमले उनको शल्यक्रिया गरेको हो ।

‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण अरु जोखिमसमेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक उनको शल्यक्रिया गर्न सफल भयौँ ।’

ओरालो यात्रामा नाउपा: संकटमा एकता, अवसरमा छिन्नभिन्न

कैलाली । दल दर्ताको एक महिनामै स्थानीय तहको निर्वाचनमा र त्यसको केही महिनापछि भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कैलालीमा पहिलो दल बनेको  नागरिक उन्मुक्ति पार्टी अहिले ओरालो यात्रा छ ।

कैलालीमा १३ स्थानीय तह मध्ये चारको प्रमुख र तीन उपप्रमुखमा नाउपाका उम्मेदवार विजयी भएका थिए । कैलालीमा प्रतिनिधि सभा तर्फ ५ मा ३ र प्रदेश सभा तर्फ १० मा ५ प्रत्यक्ष निर्वाचन भएको नाउपाले बर्दियामा पनि प्रतिनिधि सभामा प्रत्यक्षमा १ र प्रदेश सभामा दुई उम्मेदवार जिताएको थियो ।

कैलाली र बर्दियामा २्२ जना र मधेशमा १ जना समानुपातिक सांसद छन् नाउपाको । सङ्घ र प्रदेशमा १६ सांसद र स्थानीय तहमा ९८ जनप्रतिनिधि सहित बलियो अवस्थामा उभिएको नाउपाले स्थापनाको चार वर्षमा भने आफ्नो साख बचाउन नसकेको विश्लेषण हुने गरेको छ ।

शनिवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापना दिवस हो । २०७८ फागुन १३ गते निर्वाचन आयोगबाट नाउपाले दल दर्ताको प्रमाण पत्र बुझेको थियो । रेशम चौधरी नै अध्यक्ष रहनेगरि पार्टी स्थापनाको तयारी गरिए पनि टिकापुर घटनाको दोषि ठहर भएर कारागार चलान भएको हुँदा उनकी श्रीमती रञ्जिता चौधरी अध्यक्ष रहनेगरि पार्टी स्थापना भएको थियो ।

रेशम- रञ्जिता कै समन्वयमा र सहकार्यमा गठन भएको पार्टी ती दुबै जनाको विवाद र विमतिमा सङ्कटमा परेको हो । दम्पती विवादले प्रदेश र सघंमा कसैले मन्त्री पाए भने कोही मन्त्री बन्न पाएनन् । सुदूरपश्चिममा दम्पती विवादले नागरिक उन्मुक्ति पार्टीले पाएको मुख्यमन्त्रीको अवसर गुमायो ।

‘तीनै तहको निर्वाचनसम्म रेशम कारागारमै थिए भने रन्जिता मोर्चामा थिइन् । रेशमले कारागारबाटै निर्देशन दिन्थे ,रन्जिता सोही अनुसार रणनीति बनाउथिइन् । रेशमको आम माफी भएपछि शक्ति सङ्घर्ष चुलियो । पहिलो महाधिवेशनले त्यसलाई अझै बढवा दियो ’ नाउपाका एक नेताले भने, ‘बूढाबूढीको विवादले पार्टी धराशायी बन्यो ।’

२०८० जेठ १४ गते गणतन्त्र दिवसको अवसर पाएर रेशमले आम माफी पाएका थिए । त्यस अघिसम्म फोनमार्फत नेता कार्यकर्तासँग सम्पर्क रहेका रेशम त्यसपछि प्रत्यक्ष भेटघाटमा जुटे । संरक्षकको रुपमा रेशमलाई र अध्यक्षको रुपमा रन्जितालाई स्वीकार गरिरहेका केही कार्यकर्ताहरूले रेशमलाई नै कार्यकारी अध्यक्षको रुपमा देख्न चाहे । त्यहीबाट रेशम रन्जिताको शक्ति सङ्घर्ष सुरु भयो र पार्टीको तल्लो तहसम्म प्रभाव देखियो ।

पार्टी विवादले मुख्यमन्त्री गुम्यो

तत्कालीन एमाले, माओवादी र नेकपा एकीकृतसहितको सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति थियो । तर, त्यसका लागि सबै सांसद एक ठाउँमा उभिनुपर्ने सर्त पनि थियो ।

सुदूरपश्चिममा नाउपाका सात सांसद मध्ये ५ जना रेशम पक्षमा उभिएका थिए भने २ जना रन्जिता पक्षमा थिए । रेशम आफ्नो पक्षमा उभिएका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिए ,कांग्रेससहितको सहकार्यमा । रन्जिता आफ्नो पक्षमा रहेका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिइन् ।

दुवैले दाबी पेश गरे ,कांग्रेससहितको समर्थनमा नाउपा कै लक्ष्मण किशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरी । मुख्यमन्त्रीमा एउटै दलबाट दुई जनाको दाबी परेको र दुवैले आफूसँग सबै सांसद रहेको दाबी गरेपछि दुवैको उम्मेदवारी खारेज भएको थियो ।

त्यो बेला नाउपा एक ठाउँमा उभिएको भए नाउपाकै मुख्यमन्त्री निश्चित थियो । पार्टी भित्रको किचलोले नाउपाले पाउँदै गरेको मुख्यमन्त्री गुमायो ।

त्यो बेलासम्म नाउपामा गुटको चरम किचलो सुरु भइरहेको थियो । एक पक्षले अर्को पक्षलाई कारबाही गरिरहेको थियो । प्रदेशमा मात्रै होइन केन्द्रमा पनि यसको प्रभाव परिरहेको थियो । रन्जिताले प्रदेशमा संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाउँदा केन्द्रमा रेशम पक्षमा तीन सांसदले रन्जितालाई दलको नेताबाट हटाएका थिए ।

महाधिवेशनपछि थप किचलो

अघिल्लो वर्ष सम्पन्न भएको नाउपाको पहिलो महाधिवेशनले पार्टीलाई अझै बलियो र सुदृढ बनाउने अपेक्षा गरिएको थियो । तर, त्यसो भएन । महाधिवेशनमा नाउपाको केन्द्रीय अध्यक्षमै विवाद भयो । संरक्षक रेशम चौधरी नै अध्यक्ष हुने चाहना राखेपछि रन्जिता श्रेष्ठले महाधिवेशन स्थल नै छोडिन् ।

जन्मकैदको फैसला भएर आम माफी पाएका चौधरीलाई अध्यक्षमा आयोगले वैधता दिने सम्भावना क्षीण थियो । त्यस्तो बेला आफै अध्यक्षमा अघि सरेपछि पार्टी भित्र थप विवाद भएको केहीको बुझाइ छ । अन्ततः निर्वाचन चौधरीलाई वैधता दिएन ।

अहिले उनी मात्रै वैधानिक होइनन् कि महाधिवेशनबाट गठन गरिएको कमिटी नै अवैध हो भन्ने विवाद कायमै छ । दुबै समूहले आफू अनुकूल व्याख्या गर्दै आइरहेका छन् । उक्त विवादपछि अहिलेसम्म पनि केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिहरू सक्रिय भएका छैनन् ।

समस्या कहाँ हो ? यस्तो छ दाबी
चार वर्षसम्मको उतरचडावले अहिले पार्टी नेतृत्व गरिरहेकाहरू नै पूर्ण सन्तुष्ट छैनन् ।कारागारभित्रै पार्टीको परिकल्पना गरिएको र त्यहि अनुसार अघि हिँड्दासम्म पार्टी सही स्थानमा रहेको तर, पार्टी भित्र स्वार्थ समूहहरू सक्रिय भएपछि समस्या सुरु भएको संरक्षक तथा पहिलो महाधिवेशनबाट अध्यक्ष भएका रेशम चौधरीको बुझाइ छ ।

‘परिकल्पनाकार र जन्मदाताको लक्ष्य बुझ्न नसक्नु विडम्बनाको विषय यो । पार्टीको नीति र सिद्धान्त बुझ्न नसक्नु विडम्बना हो ’ उनी भन्छन्, ‘हाम्रो पार्टीका केही साथी अन्य दलबाट सञ्चालित छन् । तिनलाई कारबाही गर्न सकिरहेका छैनौँ । ’

केही नेता कार्यकर्ताहरू अवसरमा पार्टीको नीतिभन्दा बाहिर गएको, आर्थिक प्रलोभनमा परेको जस्ता विषयहरूले पनि केही समस्या पैदा भएको उनको बुझाइ छ ।

आफ्नो निर्देशनलाई स्वीकार गरेर अगाडि बढ्दै गएको भए पार्टीमा अझै ऊर्जा थपिँदै जाने अवस्था हुने उनको भनाइ छ । पार्टी र आफ्नो भूमिकाकै कारण टिकापुरमा विमान उडाएको, टिकापुरलाई गुलाबको सहर बनाउन लागिरहेको र उद्योगी व्यवसायीहरूलाई भित्राउन पहल गरिरहेको उनी बताउँछन् ।

पार्टीलाई अझै बलियो र सुदृढ बनाउन सेके रावतको जनतम पार्टीसँग एकता गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि माग मुद्दा सम्बोधन गराउन आफूहरू सफल भएको बताउँछिन् ।

‘टिकापुर घटनाका नाममा बन्दी बनाइएकाहरूलाई रिहा गराउने हाम्रो पहिलो एजेन्डा थियो, हामी त्यसमा सफल भयौँ ’ उनी भन्छिन् ‘अझै पनि धेरैलाई झुट्टा मुद्दा लगाइएको छ त्यसको खारेजी गर्ने र घर आउन नसकेकाहरूलाई घरसम्म ल्याउने हाम्रो लक्ष्य छ ।’

पार्टी भित्रको किचलाका विषयमा उनी पार्टीभित्र वैचारिक बहस हुने कुरा सामान्य रहेको बताउँछिन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष र संरक्षकको टसलले पार्टीभित्र समस्या देखिएको बताउँदै सरकारमा सहभागी भएपछि पार्टीको विचार र सिद्धान्तमा कुनै फरक नपरेको बताउँछन् ।

‘कार्यकर्ताहरूमा अहिले पनि उस्तै ऊर्जा र उत्साह छ । नेतृत्वमै बरु केही समस्या आएको हो ’ उनी भन्छन्, हाम्रा ‘कमिटीहरूका नियमित बैठक बसेका छैनन् । त्यसले पनि सङ्गठन केही सुस्त देखिएको होला । ’

पार्टी भित्रको किचलो र विवाद शनिवार स्थापना दिवससम्म पनि देखिएको छ । संरक्षक रेशम चौधरीले टिकापुरको पार्टी कार्यालयमा १ बजे स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएका छन् भने अध्यक्ष रन्जिता श्रेष्ठले काठमाडौँमा ४ बजे महराजगञ्जस्थित पार्टी कार्यालयमा स्थापना दिवसको अवसरमा भेटघाट कार्यक्रम राखिएको बताउँछिन् ।

बेरुतमा नेपाली शान्ति सैनिकमाथि आक्रमण

काठमाडौं । नेपाली शान्ति सैनिक माथि लेबनानको राजधानी बेरुतमा आक्रमण भएको छ । अनफिल मिसनका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको हो। उनी सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी र भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका हुन् ।

घटना पश्चात उनलाई तत्कालै उद्धार गरी युएन लेभल तीन अस्पताल बेरुत पुर्‍याइएको थियो । अस्पतालका अनुसार उनी खतरामुक्त छन् । उनी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।

घटनाको सम्बन्धमा मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

 

बन्धु थारुको हत्यारा २० वर्ष पछि पक्राउ

बर्दिया, ३ फागुन । बर्दियामा २० वर्ष अघि हत्या गरी फरार रहेका दुई जना  आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरेको छ । २०६० ज्येष्ठ १५ गते बर्दियाको साबिक मानपुर टपरा –७ हालको राजापुर नगरपालिका वडा न ८ बस्ने २८ वर्षीय बन्धु थारुको हत्या गरी फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा न १५ नवलपरासी बस्ने ७८ वर्षीय कुम्भनारायण महतो र ४५ वर्षीय राम नारायण महतो रहेका छन् । उनीहरूले २०६० जेठ १५ गते राती करिब १० बजे मृतक बन्धु थारुलाई आफ्नै औषधी पसलमा बसिरहेको अवस्थामा करिब ५०० मिटर टाढा लगी घाँटी रेटेर मारेको आरोप छ ।

२०६० जेठ १८ गते मृतक बन्धुका छोरा छिमानन्द थारुको तिन जनाको नाममा दिएको किटानी जाहेरीको आधारमा आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताए । थप एक जना पक्राउ गर्न बाँकी रहेको उनले बताएका छन् ।

तत्कालीन समयमा दिएको किटानी जाहेरी उपर कारबाही गर्ने क्रममा हत्या आरोपीको खोजविन गरिएको प्रहरी नायव उपरीक्षक घर्ती मगरले बताए । हाल उनीहरूलाई बर्दिया जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरू बसोबास गरिरहेको स्थानको पत्ता लागेपछि गत माघ २६ पक्राउ गरी बर्दिया जिल्लामा ल्याइएको थियो ।

किटानी जाहेरी परेको लामो समयपछि बर्दिया जिल्लामा कार्यान्वयनमा आएको छ । किटानी जाहेरीका पुराना मुद्दा फर्स्यौट नभएका फाइलहरू अध्ययन गर्ने क्रममा आरोपीहरू फेला परेपछि मुद्दा चलाइएको प्रहरी उपरीक्षक केदार खनालले बताए ।

‘बर्दियामा विविध कारणले फर्स्यौट नभएका र विगतको द्वन्द्वसँग सम्बन्धित नभएका तर द्वन्द्वको समयमा भएका घटनका केही मुद्दाहरू फर्स्यौट हुन बाँकी देखिएका छन् ।’ उनले भने –‘ती मुद्दाहरू फर्स्यौट गर्ने क्रममा छौँ, सबै मुद्दाहरू अपडेट गर्ने क्रममा छौँ ।’

संसदीय समितिका सभापतिको निर्वाचन घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन घोषणा गरेको छ ।

सचिवालयले फागुन ४ गते भोलि हुने गरी समितिका सभापतिहरूको निर्वाचन घोषणा गरेको हो । त्यसका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज मतदाता प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ । यसै गरी, फागुन ४ गते प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।

यसै गरी, विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि, सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गर्नु भएको थियो । तर, विशेषाधिकार समितिको सभापतिको निर्वाचन छुटेपछि नेपाली काँग्रेसको आग्रहमा निर्वाचन स्थगित गरिएको थियो । यस पटक विशेषाधिकार समितिका सभापतिको निर्वाचन पनि समेटिएको छ ।

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार ओमान प्रस्थान गरेकी छन्। उनी फेब्रुअरी २० सम्म ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरे।

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको निमन्त्रणामा उक्त भ्रमणमा गएकी राणाले सम्मेलनमा ‘सामुद्रिक साझेदारीका नयाँ क्षितिज’ विषयमा नेपालका तर्फबाट धारणा राख्नेछिन्। साथै, उनले ‘ग्लोबल साउथ’ को आवाजलाई थप सशक्त बनाउने सम्बन्धी सत्रलाई पनि सम्बोधन गर्नेछिन्।

भ्रमणका क्रममा उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिज मन्त्री लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। नेपाल–ओमान सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आपसी सहयोगसम्बन्धी केही सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

यसबाहेक, मन्त्री राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (GCC) मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्नेछिन्।

उनको सचिवालयका अनुसार उनी फेब्रुअरी २० मा स्वदेश फर्किनेछिन्।

टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु

टीकापुर– प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ । आज आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गरे।

उनले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए ।

‘बजारमा गुलाब रोपेर सहरलाई सुन्दर बनाउने काम राम्रो हो’, उनले भने, ‘यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ ।  मेरो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए । टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताइन् ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आफूले गुलाबको बगैँचासहितको गुलाबको सहर कतै नदेखेको बताए । ‘यो नै विश्वको गुलाबको पहिलो सहर हुनेछ,’ उनले भने, ‘यसलाई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिन्छ ।’

नगरप्रमुख रामलाल डंगौरा थारूले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् । पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् ।

गुलाब रोप्ने अभियानमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् ।

च्याम्पियन्स ट्रफी क्रिकेट : विजेताले २२ लाख ४० हजार डलर पाउने

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको विजेताले २२ लाख ४० हजार डलर पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिसद् (आईसीसी) ले आफ्नो वेबसाइटमार्फत् पुरस्कार राशीबारे जानकारी दिएको हो।  च्याम्पियन्स ट्रफी बुधबार पाकिस्तानमा सुरु हुँदैछ।

आईसीसीका अनुसार, उपविजेताले ११ लाख २० हजार डलर, सेमिफाइनल पुग्ने दुई टोलीले ५ लाख ६० हजार रुपैयाँ पाउनेछन्।  समूह चरणका खेलमा जित हात पर्ने टोलीले ३४ हजार डलर पाउने आईसीसीले जनाएको छ।  यो संस्करणको च्याम्पियन्स ट्रफीमा ८ टोली सहभागी छन्।  भारतले पाकिस्तानमा खेल्न नमानेपछि उसका सम्पूर्ण खेलहरू यूएईमा हुनेछन्।

भारत समूह चरणबाटै बाहिरिए सेमिफाइनल र फाइनलका सम्पूर्ण खेलहरू पाकिस्तान मै हुनेछन्।  भारत फाइनलमा पुगे यूएई मै फाइनल खेल हुनेछ।

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

काठमाण्डौं २ फागुन : कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमती भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ ।
विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमती हुन नसक्दा निर्माण प्रभावित हुदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

“ यसअघि पनि छुट्टा÷छुट्टै धेरै चरणमा सहमती र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।” उहाँले भन्नुभयो–“ आज सम्वद्ध निकायको संयुक्त बसाइले सहमती भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो ।”

विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि संगै गर्दै जाने विषयमा सहमती भएको छ । “ विमानस्थलका चाहिने सेनाको जग्गा ९ फुटवल मैदान र आवास भएको स्थान० मा सेनाको सहमती भएकाले तत्काल काम अघि बढ्ने भयो ।” मन्त्री लेखकले भन्नुभयो–“ विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआइएपनि संगसंगै गर्दै अघि बढ्ने भयो ।”
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानबीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकरात्मक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटवल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिनुभएको थियो । सेनाले राखेको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकरात्मक रहेको बताउनुभएको छ ।

विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणका लागि प्रयासरत हुनुहुन्थ्यो । भीमपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्देश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशतमा विमानस्थल तीन बर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।

त्रिवि स्ववियु सभापतिमा बझाङका खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि बझाङका उज्ज्वल खड्काले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी राजनीतिशास्त्रका विद्यार्थी हुन् ।

आउने चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयको दलीयकरण अन्त्य गर्न ,राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रहेर विद्यार्थीका मुद्दामा काम गर्न उम्मेदवारी दिन लागेको खड्काले बताएका छन्। ‘नमस्ते१ चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष ९सभापति० पदमा स्वतन्त्र रहेर उम्मेदवारी दिँदै छु।

प्रिय विद्यार्थी साथीहरू त्रिविको सुधारबिना नेपालको उच्च शिक्षा सुधार सम्भव छैन, त्यसकारण दलीयकरणको चपेटामा परेको हाम्रो विश्वविद्यालयलाई ‘एकेडेमिक एक्सिलेन्स’को मार्गमा हिँडाउन तपाईँ–हाम्रो सकारात्मक पहलले सकारात्मक परिणाम निस्किनेमा विश्वस्त रहेको छु’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउँदछु’ उनले दलीय राजनीतिले शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे स्पष्ट रूपमा धारणा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्।

‘त्रिभुवन विश्वविद्यालयमा लोकतन्त्रको गलत प्रयोग भइरहेको छ । शिक्षण संस्थामा दलीय भागबन्डाले शिक्षाको गुणस्तर मात्रै बिगारेको छैन । विद्यार्थीको भविष्य नै अन्योलमा परेको छु’ उनले भने, ‘म त्यो अन्त्यका लागि उम्मेदवारी दिने तयारीमा छु ।’

राजनीतिको विकल्प राजनीति भएको भन्दै उनी शैक्षिक संस्थामा भने गलत राजनीति मौलाउन नहुने बताउँछन् । त्रिविको सुधार विना उच्च शिक्षाको सुधार हुन नसक्ने उनको बुझाइ छ । त्रिविको सुधार, शैक्षिक गुणस्तरमा अभिवृद्धि, विद्यार्थीका समस्या समाधानका लागि अग्रपङ्क्तिमा रहने खड्काको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाइरहेका छन्।

बझाङ खप्तड छान्ना ६ का खड्का २०७३ सालदेखि काठमाडौँमा रहेर अध्ययनरत छन् । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुमा निर्वाचन जितेर केन्द्रीय सदस्य भएका खड्का अहिले विद्यार्थी सङ्गठन मूल मर्मभन्दा बाहिर रहेको भन्दै आफू स्वतन्त्र रहेको र स्वतन्त्रबाटै उम्मेदवारी दिने बताउँछन् ।

भारतीय संगीतकार विशाल ददलानी दुर्घटनामा

काठमाडौं । भारतीय संगीतकार विशाल ददलानी दुर्घनामा परेका छन्।  सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएका हुन्। उनले आफ्नो दुर्घटना हुँदा पुणेमा हुन लागेको कन्सर्ट रद्द गर्नु परेको बताएका छन्।

उनले आफ्नो दुर्घनाको बारेमा धेरै खुलासा गरेका छैनन्। उनी यतिबेला एक अस्पतालमा उपचार गराइरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो दोस्रो डेटको बारेमा जानकारी दिएका छन्।

‘मेरो सानो दुर्घटना भएको छ। छिट्टै फर्किनेछु। म तपाईंहरूलाई सबै अपडेट दिइरहुँला,’ उनले लेखेका छन्।

विशाल शेखरको जोडीले बलिउडमा थुप्रै सुपरहिट गीत दिएका छन्। उनीहरूले ‘भूमे जो पठान’, ‘शिलाकी जवानीु, ‘देशी गर्ल’, ‘इश्कवाला लभ’, ‘राधा तेरी झुम्का’ लगायत गीतमा सहकार्य गरेका छन्।

सुदूरपश्चिम : तेस्रो पटक संसदीय समितिको चुनावी तालिका सार्वजनिक, को-को बन्दै छन् सभापति ?

कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय समितिको निर्वाचन आइतबार १ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको निर्वाचन १ बजे हुनेछ भने विशेषाधिकार समितिको निर्वाचन आइतबार दिउँसो २:३० बजे हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

निर्वाचन प्रक्रिया भने शनिबारबाटै सुरू हुनेछ । शनिबार दिउँसो १० बजे नामावली प्रकाशन ११ बजेदेखि ११:३० सम्म दाबी विरोध, १२बजेसम्म अन्तिम नामावली प्रकाश, १ बजेदेखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिकामा रहेको छ ।

आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

विशेषाधिकार समितिको निर्वाचन भने २:३० बजे हुने सचिव देवबहादुर बोगटीले जानकारी दिए । पहिलो चरणमा सबै समितिहरूले सभापति पाइसकेको थियो । तर, चारमध्ये तीन समिति सभापति मन्त्री बनेपछि रिक्त ठाउँमा निर्वाचनको मिति दुई पटकसम्म तोकेर सरेको थियो ।

पहिलो पटक असोज ११ गते नामावली प्रकाशन गरेर १२ गते निर्वाचनको तयारी गरिएको थियो । त्यो बेला सहमति नजुटेपछि माघ १७ गते नामावली प्रकाशन गरेर १८ गते अर्को मिति तोकियो । त्यो मितिमा पनि निर्वाचन हुन सकेन । तेस्रो पटक फागुन ३ गते नामावली प्रकाशन गरेर ४ गतेका लागि मिति निर्धारण गरिएको छ । तेस्रो पटक तोकिएको मितिमा भने दलहरू निर्वाचनको तयारीमा जुटेका छन् ।

को-को बन्दै छन् सभापति ?

११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । उक्त समितिमा कांग्रेसले मधु भारती र तुलसी देवकोटाको नाम सिफारिस गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले देवकोटाको सभापति बनाउने निर्णय गरेको छ । आइतबार विशेषाधिकार समितिको सभापतिमा देवकोटा निर्वाचित हुनेछिन् ।

सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रको भागमा परेको सार्वजनिक लेखा समितिमा माओवादीका तीन सांसद छन् । संसदीय दलका नेता मनबहादुर धामी, उपनेता अक्कल रावल र प्रमुख सचेतक गीतादेवी माल सदस्य रहेको उक्त समितिमा रावल सभापति बन्ने करिब निश्चित छ । माओवादी संसदीय दल भित्रको विवादका कारण अर्को कुनै निर्णय नभएसम्म रावललाई सार्वजनिक लेखा समितिको सभापति बनाउन करिब तीन सांसद सहमत छन् ।

नागरिक उन्मुक्ति पार्टीको भागमा परेका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नाउपाका घनश्याम चौधरीले एक्लै सदस्य छन् । उनी संसदीय दलका नेता समेत हुन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा यसअघि नै सभापति भइसकेका चौधरी आर्थिक मामिला मन्त्री नियुक्त भएपछि समिति सभापतिबाट हटेका थिए । अहिले फेरि चौधरी नै सभापति बन्ने निश्चित छ ।

नेकपा एमालेको भागबन्डामा परेको सामाजिक विकास समितिमा एमालेका तर्फबाट धर्मराज पाठक एक्ला सांसद छन् । उक्त समितिको नेतृत्व पाठकले गर्ने करिब निश्चित छ ।

सभापतिलाई नै मन्त्री अवसर

सुदूरपश्चिम प्रदेशका चारवटा विषयगत समितिको निर्वाचन भएर सभापति चयन हुँदा पनि अहिले ती समितिहरू ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् ।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका वीर बहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएकी थिइन् ।

तर, अहिले विधायन तथा प्रदेश मामिला समितिबाहेक अन्य सबै समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेको छ । अघिल्लो पौष २५ गते एकै दिन सबै समितिका सभापति निर्वाचित भएर सभामुख भीम भण्डारीले शपथ ग्रहण गराएका थिए । तर, त्यसपछि समिति सभापतिहरूलाई नै मन्त्रीको अवसर आउन थालेपछि सुदूरपश्चिमका समिति ज्येष्ठ सदस्यको भरमा चल्न थालेका हुन् ।

पौष २५ अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापति भएका नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी २ महिना मात्रै सभापतिको जिम्मेवारीमा रहे ।

उनले चैत्र २५ गते कमलबहादुर शाह नेतृत्वको सरकारको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए । समितिको सभापति अर्थमन्त्रीमा नियुक्त भएपछि उक्त समिति ज्येष्ठ सदस्य मानबहादुर रावलको नेतृत्वमा चल्न थाल्यो । पौष २५ मा निर्वाचन हुनुभन्दा पहिले पनि उक्त समिति ज्येष्ठ सदस्य रावलकै नेतृत्वमा थियो ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा निर्वाचित भएका वीरबहादुर थापा कांग्रेस एमाले गठबन्धन भएपछि मन्त्री भए । उनी नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

जेठ २७ गते सरकारमा सहभागी भएका थापा असार २० गते राजीनामा दिँदै बाहिरिए । अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका थापाले अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी मन्त्री हुँदा उनी सभापति भएको समिति अहिले ज्येष्ठ सदस्य विक्रमसिंह धामीले नेतृत्व गरिरहेका छन् ।

सामाजिक विकास समिति छोडेर मन्त्री भएकी नेकपा एकीकृत समाजवादीकी माया पन्त अहिले न मन्त्री छन् नत समिति सभापति नै । जेठ २८ गते विना विभागीय मन्त्री नियुक्त भएकी पन्त साउन १८ गतेसम्म रहिन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रीमा नियुक्त गरेपछि सभापति पद गुमाएकी पन्तले मुख्यमन्त्री सोडारीले राजीनामा दिएपछि मन्त्री पद पनि गुमाइन् । पन्तले नेतृत्व गरेको समिति पनि ज्येष्ठ सदस्य शिवराज भट्टको नेतृत्वमा चलिरहेको छ । केही समय अघिसम्म आफै सभापति भएको समितिको सदस्य छिन् पन्त अहिले ।

विधायन तथा प्रदेश मामिला समिति बाहेक सबै ज्येष्ठ सदस्यको भरमा छन् । आइतबार समितिको निर्वाचन भएपछि दोस्रो पटक समितिहरूले नेतृत्व पाउने छन् ।

कार्यसम्पादन क्षमता बढाउँदै सरकार

टीकापुर, २ फागुन   ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ७६० वटा सरकारको आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष स्थानीय सरकारको कार्यसम्पादन क्षमता बढेको देखाएको छ ।

सुदूरपश्चिम प्रदेश पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो देखिएको छ । सुदूरपश्चिमले ५१।६ प्रतिशत अङ्क पाएको छ । आव २०७९र८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेशले ५०।९ अङ्क प्राप्त गरी दोस्रो, ४५।६ अङ्क  पाएको बागमती तेस्रो, ४१।६ अङ्क पाएको कर्णाली चौथो, ४०।८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५।९ अङ्क पाएको लुम्बिनी छैटौँ र जम्मा ३ण् अङ्क  पाएको मधेश पुछारमा परेको छ ।

पालिकामा अमरगढी पहिलो 

सार्वजनिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अङ्क प्राप्त गरी अमरगढी नगरपालिका पहिलो भएको छ । अमरगढीले ८१।७ अङ्क प्राप्त गरेको छ । ७४।२ अङ्क प्राप्त गरी नौगाड गाउँपालिका दोस्रो र ६४।७ अङ्क प्राप्त गरी भीमदत्त नगरपालिका तेस्रो भएका छन् । प्रदेशभरिमा पुछारमा पर्ने चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका र बेलडाँडी गाउँपालिका छन् ।

कैलालीमा धनगढी उत्कृष्ट

कैलालीमा यस वर्ष सबैभन्दा धेरै अङ्क धनगढी उपमहानगरपालिकाले प्राप्त गरेको छ  । धनगढीले यस वर्ष ६३।३ प्रतिशत अङ्क पाएको छ । दोस्रोमा जानकी गाउँपालिकाले ६३।१ अङ्क, तेस्रोमा बर्दगोरिया गाउँपालिकाले ६२।७ अङ्क, चौथोमा घोडाघोडी नगरपालिकाले ६१।७ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष जिल्लामा पहिलो भएको गोदावरी नगरपालिका यस वर्ष ५८।७ अङ्क प्राप्त गरी पाँचौँ स्थानमा रहेको छ । क्रमशः कैलारी गाउँपालिका ५४।६, टीकापुर नगरपालिका ५२।७, जोशीपुर गाउँपालिका ५०।४, भजनी नगरपालिकाले ४७।१ र गौरीगङ्गा नगरपालिकाले ४७ अङ्क प्राप्त गरेका छन् ।

पुछारमा परेकामध्ये लम्कीचुहा नगरपालिकाले ४४।४ अङ्क, मोहन्याल गाउँपालिकाले ४०।५ अङ्क र चुरे गाउँपालिकाले ३९।२ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष जिल्लामा सबैभन्दा पुछारमा परेको गौरीगङ्गा १० औँ स्थानमा परेको छ भने पुछारबाट दोस्रोमा परेको लम्कीचुहा यस पटक पहाडी गाउँपालिका चुरे र मोहन्यालभन्दा अघि देखिएको छ । आव २०७९र८० को मूल्याङ्कनमा गोदावरी, घोडाघोडी नगरपालिकाले र कैलारी  गाउँपालिकाले मात्रै ४० अङ्क कटाएकोमा यस वर्ष चुरे र मोहन्यालबाहेक सबै पालिकाले ४० अङ्क कटाएका छन् ।  वित्त आयोगले न्यूनतम शुत्रमा आधारित र कार्यसम्पादनका आधारमा वित्तीय समानीकरण अनुदान निर्धारण हुने भएकाले पालिकाका लागि महत्वपूर्ण हुने आयोगको भनाइ छ । “कार्यसम्पादन मूल्याङ्कन अनुदानको स्रोतसँग जोडिने भएकाले क्रमशः सुधार भइरहेको देखिन्छ,” उपप्राध्यापक मीनबहादुर शाहीले भने, “स्थानीय शासनलाई राजनीति मात्रै बुझ्ने जनप्रतिनिधि र अस्थिर कर्मचारी भएका पालिकाको प्रगति देखिएन, यसमा आयोग, प्रादेशिक सुशासन केन्द्रले पनि ध्यान दिनु पर्छ ।”

पालिकाले ल्याए नयाँ कानुन

कैलालीका आठ वटा पालिकाले चालु आव २०८१र८२ को हिउँदे सभाबाट नयाँ कानुन ल्याएका छन् । टीकापुर नगरपालिकाले बरघररभलमनसा प्रणाली व्यवस्थापन गर्न बनेको विधेयक र सवारी यातायात विधेयक पारित गरेको छ ।

जानकी गाउँपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक पारित गरेको छ । भजनी नगरपालिकाले वनजङ्गल तथा वातावरण संरक्षणसम्बन्धी विधेयक, गोदावरी नगरपालिकाले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन पारित गरेको छ ।

बर्दगोरिया गाउँपालिकाले नगर प्रहरी ऐन ल्याएको छ । मोहन्याल गाउँपालिकाको युवा परिषद् विधेयक २०८१ र धुलीकोटका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षण कार्यविधि पारित गरेको छ । जोशीपुर गाउँपालिकाको सभा माघ २९ गते सुरु भएको छ सभाको पहिलो दिन दिसाजन्य लेदो व्यवस्थापन ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको मसौदा सभामा पेस भएको सूचना अधिकारी मीनराज कठरियाले जानकारी दिए ।  -गोरखापत्र

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी

काठमाडौँ, २ फागुन :  दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।

बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे ९०२०० जिएमटी० अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए । राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको ती अधिकारीले बताए ।

कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माणस्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिनुभएको वित्त मन्त्रालयले जनाएको छ ।

“खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ”, चोईले भन्नुभयो । यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।

भूमिसम्बन्धी अध्यादेश पनि स्वीकृत हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू सदनबाट स्वीकृत हुने बताएका छन् । सरकारले सहकारीसहित आठ वटा अध्यादेश गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिँदा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूचीमा परेको छैन । प्रतिनिधि सभामा कांग्रेस–एमालेको मात्रै पनि बहुमत छ । तर राष्ट्रिय सभामा कांग्रेस र एमालेका जम्मा २७ जना सांसद छन् जबकि बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ । यसका लागि ३ सांसद भएको जसपा नेपालको साथ अनिवार्य छ ।

यस्तो अवस्थामा भूमिसम्बन्धी अध्यादेश के हुन्छ भन्ने प्रश्न उठेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार राति साढे १ बजे नेकपा ९एमाले० बागमती प्रदेशमा रहेका विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए। सोही क्रममा एक नेताले प्रधानमन्त्री ओलीलाई भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ भन्ने जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले स्वीकृत हुने जबाफ दिएका हुन् ।

‘हामी पार्टी सांगठनिकलगायत विषयमा कुराकानी गर्न बालुवाटार गएका थियौं । कुराकानीका क्रममा एक जना साथीले भूमिसम्बन्धी अध्यादेशबारे प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्नु भयो,’ इन्चार्ज देवी ज्ञवालीले भने, ‘भूमिसम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ भनेर उहाँले भन्नु भयो, के आधारमा त्यसो भन्नुभयो त हामीलाई थाहा हुने कुरा पनि भएन ।’

सरकारले ल्याएका सबै अध्यादेश सदनबाट पारित हुने विश्वासमा प्रधानमन्त्री ओली रहेको पनि उनले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्न बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेल, पार्वत गुरूङ, देवी ज्ञवालीलगायत नेताहरू बालुवाटार पुगेका थिए ।

 

मुम्बई आक्रमणका अभियुक्तलाई भारत सुम्पिन ट्रम्प तयार

काठमाडौं । सन् २००८ मा मुम्बईमा भएको आतंकवादी आक्रमणका एक अभियुक्तलाई भारतलाई सुपुर्दगी गर्न अमेरिका तयार भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा स्वागत गर्दै यो जानकारी दिएका हुन् ।

आक्रमणको एक अभियुक्त तहववुर राना हाल लस एन्जलसको जेलमा छन्। उनी पाकिस्तानी मूलका क्यानाडेली नागरिक हुन् र डेभिड कोलम्यान हेडलीका निकट साथी रहेका छन्। हेडली मुम्बई आक्रमणको मुख्य योजनाकार मानिन्छ।

ट्रम्पले पत्रकार सम्मेलनमा भने,‘अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ।’ मोदीले यस निर्णयको लागि ट्रम्पलाई धन्यवाद दिँदै भारतको अदालतले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे।

भारतको विदेश मन्त्रालयले तहववुर रानालाई सुपुर्दगीका लागि अमेरिकी अधिकारीसँग पत्राचार गरेको थियो। रानाले आफ्ना सुपुर्दगीका विरुद्ध अमेरिकी अदालतमा अपिल गरेका थिए । तर, अमेरिकी सर्वोच्च अदालतले उनको अपिललाई २१ जनवरीमा खारेज गरेको थियो। अब, अमेरिकी राष्ट्रपति ट्रम्पले यो प्रक्रिया तत्काल शुरू हुने बताएका छन्।

एनआरएनए उच्चस्तरीय समितिद्वारा वेबसाइट सार्वजनिक, सदस्य बन्न शेष घलेले गरे अपिल

काठमाडौं ।
सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।
नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ।

एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिनेछ।  एनसीसी नभएको देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्। महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्नेछ।

एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले वेबसाइट सार्वजनिक गर्दै गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरे। उनले भने, “नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णयअनुसार हामीले सदस्यता खुला गरेका छौं। यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समिति चुन्ने ऐतिहासिक अवसर पाउनेछन्। त्यसैले, गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न सबैलाई सदस्यता लिन अपिल गर्दछु।”

घलेका अनुसार, “आगामी मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक सुशासन सुनिश्चित गर्नेछ। नयाँ विधान तथा नेतृत्व निर्माण गर्न हामी सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक छ।”

सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ। समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

सम्बन्धित जानकारी तथा सदस्यता आवेदनका लागि www.nrnahlc.com मा जान सकिने छ।

इजरायलमा नेपाली मूलका बैंकरले  विपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

इजरायल, १ फागुन ।
न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत  अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरुको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलबार  इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको  क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले  अपहरण गरेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।

नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो।

तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।” रिजालले थपे, हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ किनकी  अझैपनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक विपिन जोशी पनि छन् । उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे।उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।”

हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै रिजालले भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।” आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ।

हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाई  जितोस् । दिवंगतआत्माहरूको चिरशान्तिको कामना गर्दछु,रिजालले भने, उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरून् ।

रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए ।

उनीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे।

अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए।नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।

पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन

धनगढी– नेपाल प्रेस युनियन सुदूरपश्चिमले नेपाल पत्रकार महासंघ बझाङका दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ललितबहादुर सिंहमाथि भएको आक्रमणको छानबिनका लागि अध्ययन समिति गठन गरेको छ ।

प्रेस युनियनको सुदूरपश्चिम प्रदेश कार्यसमितिले बिहीबार महासचिव हरिश भट्टको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा प्रेस युनियन डडेल्धुराका पूर्व अध्यक्ष धनबहादुर भण्डारी र बझाङका अध्यक्ष अशोक खड्का सदस्य रहेका छन् ।

अध्ययन टोलीलाई बझाङमा प्रेस युनियनका नेताहरू तथा सरोकारवाला सबै पक्षहरूसँग समन्वय र छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्रदान गरिएको छ ।

माघ २८ गते राती पत्रकार सिंहमाथि आक्रमण भएको थियो । आक्रमणकारीले प्रहार चक्कु लागेर उनको निधारमा गहिरो चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई बझाङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको हो । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सम्पन्न हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।

खोज्नुहोस