भारतमा पाकिस्तानी युट्युब च्यानलमा पनि प्रतिवन्ध

द एभरेष्ट पोष्ट
१५ वैशाख २०८२ १६:०२
भारतमा पाकिस्तानी युट्युब च्यानलमा पनि प्रतिवन्ध

नयाँ दिल्ली: जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव झन्–झन् चर्किँदै गएको छ । यतिबेला भारत सरकारले पाकिस्तानविरुद्ध नयाँ–नयाँ कदम चालिरहेको छ ।

यसैबीच, भारतको केन्द्र सरकारले धेरै पाकिस्तानी युट्युब च्यानलहरूमा पनि प्रतिवन्ध लगाएको छ । भारतको केन्द्र सरकारले पाकिस्तानका थुप्रै युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको हो । यो निर्णयसँगै भारतीय युट्युब प्रयोगकर्ताहरूका लागि शोएब अख्तर, आरजु काजमी र सैयद मुजम्मिल शाह जस्ता पाकिस्तानी च्यानलहरूमा प्रतिबन्धित गरिएको छ।

भारत सरकारले गरेको कारबाहीपछि, युट्युबमा पाकिस्तानी च्यानलहरू खोज्दा राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्थासँग सम्बन्धित सरकारी आदेशका कारण, यो सामग्री हाल यस देशमा उपलब्ध छैन भन्ने सन्देश देखिन थालेको छ ।

यसका साथै केही पाकिस्तानी टेलिभिजन समाचार च्यानलका युट्युबमा पनि प्रतिवन्ध लगाइएको छ । त्यसमा डन न्यूज, जियो न्यूज, सामा टिभी, बोल न्यूजजस्ता च्यानलहरूको नाम समावेश छ । भारतको गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले सेना र सुरक्षासंस्थाविरुद्ध उत्तेजक, साम्प्रदायिक रूपमा संवेदनशील सामग्री, झूटा र भ्रामक विवरण तथा गलत सूचना प्रसारण गर्ने गतिविधिविरुद्ध कडा कारबाही गर्दै ती पाकिस्तानी युट्युब च्यानलहरूमा प्रतिवन्ध लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस