प्रधानमन्त्री ओली र देउवाबीच भेट, गभर्नर नियुक्ति टुंग्याउने सहमती

द एभरेष्ट पोष्ट
१४ वैशाख २०८२ ८:०७
प्रधानमन्त्री ओली र देउवाबीच भेट, गभर्नर नियुक्ति टुंग्याउने सहमती

काठमाडौं,१५ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकार परिवर्तनको हल्ला चलिरहेकै बेला प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।

शनिवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको बताईएको छ ।

त्यसबाहेक गभर्नर नियुक्तिको प्रकृया टुंग्याउन पनि दुबै जना सहमत भएको बताईएको छ ।

डा. गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्तावमा ओलीले सहमती जनाएको डेढ साताबित्दा पनि गभर्नर नियुक्त नभएपछि सत्ता हेरफेर हुने हल्ला चलेको थियो ।

देउवाले भट्टलाई गभर्नर बनाउने प्रकृया अघि बढाउन आग्रह गरेको र ओलीले चाँडै गभर्नर नियुक्तिको प्रकृयाले टुंगो पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस