फुयाल र पाण्डेयको इजलासमा गभर्नर नियुक्ति सम्बन्धी रिटको पेसी

द एभरेष्ट पोष्ट
७ वैशाख २०८२ १२:२०
फुयाल र पाण्डेयको इजलासमा गभर्नर नियुक्ति सम्बन्धी रिटको पेसी

काठमाडौँ, ७ बैशाख ।
गभर्नर नियुक्ति नहुदै अनुमानका भरमा सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको छ ।

सरकारले डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकि पाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

उक्त रिट निवेदनमा सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै निवेदक र सरकार पक्षलाई आइतबार छलफलमा बोलाएको छ । तर उक्त रिटको पेसी सुनुवाइ आज नहुने सम्भावना समेत छ । उक्त रिट भन्दामाथि करिब ४० वटा मुद्दाको पेसी तोकिएको छ ।

यसअघि अधिवक्ताद्वय उप्रेती र थापाले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई समेत पदाधिकारी र सदस्य नियुक्त गर्न मिल्ने गरी भएको संशोधन खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस