को हुन् रामपाल, जसलाई मोदीले जुत्ता लगाईदिए ?

द एभरेष्ट पोष्ट
२ वैशाख २०८२ १३:१२
को हुन् रामपाल, जसलाई मोदीले जुत्ता लगाईदिए ?

दिल्ली, २ बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सर्वसाधारणलाई आफ्नै हातले जुत्ता लगाईदिएपछि ती सर्वसाधारण यतिबेला चर्चामा   छन् । साथै प्रधानमन्त्री मोदीको पनि यो घट्नापछि चर्चा चुलिएको छ ।

प्रधानमन्त्री मोदीले जुत्ता लगाईएका दिएका व्यक्ति हुन्, भारत, हरियाणाको कैथल जिल्लाको सिवानका रामपाल कश्यप । उनी यो घट्नापछि विश्वव्यापी चर्चामा छन् ।

१४ वर्षदेखि खाली खुट्टा हिँडिरहेका रामपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हातले जुत्ता लगाइदिएपछि यो विषय थप चर्चामा आएको हो। उनले सन् २०१२ मा नरेन्द्र मोदी प्रधानमन्त्री नबन्दासम्म र नभेट्दासम्म जुत्ता नलगाउने कसम खाएका थिए। अब उनको यो सपना पूरा भएको छ।

रामपालले आफूलाई मजाक बनाउँदा पनि त्यो कठोर वाचा गरेका थिए। उनले आफ्नो संकल्प पूरा नभए आफूले गाउँ छोड्ने र पूरा हुँदा मजाक बनाउनेले छोड्नुपर्ने तर्क पनि गर्थे।

गर्मी, जाडो मौसम वा कुनै सभा समारोहमा उनी खाली खुट्टा पुग्थे। छ महिनाअघि छोराको विवाहमा पनि उनले जुत्ता नलगाएको कुरा उल्लेख गरेका छन्। गाउँलेहरूले उनलाई पागल भने पनि उनी परिवर्तन भएनन्।

एक साता पहिले चेकास्थित ब्राह्मण धर्मशालामा आयोजित कार्यक्रममा राज्यसभाकी सांसद रेखा शर्मा सहभागी थिइन्। रामपाल पनि त्यहाँ पुगेका थिए। सांसदले उनलाई खाली खुट्टा देखेर कारण सोधिन्। उनको कुरा सुनेर सांसद शर्माले खाली खुट्टाको भिडियो बनाएर प्रधानमन्त्री कार्यालयमा पठाइन्।

आइतबार साँझ ५ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आयो। फोनमा सोमबार यमुनानगरमा प्रधानमन्त्रीले उनलाई जुत्ता लगाइदिने जानकारी दिइयो। यमुनानगर पुग्दा मोदीले उनलाई जुत्ता लगाइदिए। १४ वर्षपछि आफ्नो सपना पूरा गरेका रामपाल मोदीसँगको भेट भगवानसँगको भन्दा कम नभएको भन्दै हर्षबिभोर भए।

उनले यी जुत्तालाई श्रीरामको चरणपादुका जस्तै संरक्षण गर्ने बताएका छन्। रामपालको परिवारमा पत्नी दुई छोरा र एक छोरी छन्। उनका एक छोराको हालै विवाह भएको थियो। रामपाल दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउँछन्। रामपाल १८ वर्षदेखि भारतीय जनता पार्टी ९भाजपा० सँग जोडिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस