दक्षिण कोरियाबाट तीन जना नेपाली डिर्पोट

द एभरेष्ट पोष्ट
१ वैशाख २०८२ १७:०२
दक्षिण कोरियाबाट तीन जना नेपाली डिर्पोट

काठमाडौं- दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका तीन जना नेपाली नागरिकलाई त्यहाँको अध्यागमन विभागले निष्कासन (डिर्पोट) गरेको छ। कोरियन एयरमार्फत उनीहरूलाई नेपाल फर्काइएको हो।

स्रोतका अनुसार निष्कासन गरिएकामा नेपाली, गुरुङ र योगी थरका तीन नेपाली नागरिक छन्। उनीहरू आप्रवासनसम्बन्धी नियम उल्लंघन गरी अवैध रूपमा दक्षिण कोरियामा बस्दै आएका थिए।

गत साता मात्र उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो। यसअघि पनि कोरियाले दुई नेपाली, श्रेष्ठ र थापा मगर थर भएका नागरिकलाई निष्कासन गरिसकेको थियो।

हाल दक्षिण कोरियाले आप्रवासन नीतिलाई थप कडा बनाउँदै गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूमाथि निगरानी बढाएको छ। यस अभियानको दायरामा नेपालीहरू पनि परेका छन्, जसले त्यहाँ अवैध रूपमा बसेका नेपाली समुदायलाई थप चुनौती सिर्जना गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सोफिज वर्ल्ड

२ वैशाख २०८२ १२:३६

खोज्नुहोस