हङकङ टी–२०आई : नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

द एभरेष्ट पोष्ट
३० चैत २०८१ १४:५४
हङकङ टी–२०आई : नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।

मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० र यादवले ३७ रन जोडे । तर, अन्तिममा अहमद क्याच आउट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस