टी २०आई सिरिज : टस जितेर कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

द एभरेष्ट पोष्ट
३० चैत २०८१ ११:४२
टी २०आई सिरिज : टस जितेर कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्दैछ ।

नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । चार राष्ट्र सहभागी सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेका हुन् ।

नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग चरणमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस