फोनिजको अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित

लुम्बिनी,३१ चैत्र ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
गोरखापत्र सञ्चालक समितिको सदस्य तथा गोरखापत्र अनलाईनका सम्पादक चौधरी कैलालीका स्थायी बासिन्दा हुन् ।