नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा. मिश्र

द एभरेष्ट पोष्ट
२७ चैत २०८१ १५:०३
नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा. मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।  २७ औँ केन्द्रीय कार्यसमितिका लागि हालै भएको निर्वाचनमा प्रा.डा. मिश्रको प्यानल नै निर्वाचित भएको हो।

अध्यक्षमा मिश्रले आफ्ना प्रतिस्पर्धी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले हराएका हुन्। मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याए।

महासचिवमा गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेलाई वछि पार्दै कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विपजयी भएका छन्। उनले ४८७४ मत ल्याए भने न्यौपानेले २३६७ मत पाए।

अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन्। कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस