म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५ सय नाघ्यो

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार भूकम्पमा परी लगभग ५ हजार मानिस घाइते भएका छन् भने २ सयभन्दा बढी बेपत्ता अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी भएको बताइएको छ ।
उद्धार टोलीहरूले भग्नावशेषमा फसेकाहरूलाई खोज्न उद्धार प्रयास जारी राखेको सञ्चार माध्यमले जनाएका छन् ।
गत २८ मार्चमा गएको ७।७ रेक्टर स्केलको भूकम्पले म्यानमारमा ठूलो क्षति बनाएको छ । म्यानमारका ३३० टाउनशिपहरूमध्ये ५८ मा १ करोड ७२ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्, जसमध्ये ९१ लाखभन्दा बढी सबैभन्दा शक्तिशाली भूकम्पको चपेटामा परेको सञ्चार माध्यमले जनाएका छन् ।यो १९१२ पछि म्यानमारमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यसलाई २०२३ को टर्की–सिरिया भूकम्प पछि विश्वव्यापी रूपमा सबैभन्दा घातक भूकम्प रहेको मानिएको छ ।
म्यानमारको भूकम्पले थाइल्यान्डमा पनि प्रभाव पारेको छ । जहाँ ३६ जनाको मृत्यु भएको छ ।