गर्भनरमा भट्टलाई रोक्न कही नभएको प्राबधान अघि सार्ने कोसिस

काठमाण्डौं, २७ चैत्र ।
सत्ता साझेदार दुई प्रमुख दलका नेताहरुबीच सहमती नजुट्दा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच गभर्नर नियुक्तिका विषयमा सहमती जुट्न नसक्दा डेपुटी गभर्नर निलम ढुंगानालाई कामु गभर्नरको नियुक्ति दिईएको हो ।
प्रधानमन्त्री ओलीले ढुंगानालाई गभर्नरका रुपमा अघि सारिरहदा काँग्रेस सभापति देउवाले डा. गुणाकर भट्टलाई गभर्नर बनाउनु पर्ने अडान राखेका छन् ।
यसैबीच प्रधानमन्त्री ओली पक्षधरले गभर्नर हुन डेपुटी गभर्नर हुनु पर्ने तर्क अघि सारेर भट्टलाई रोक्न कोसिस गरेका छन् ।
गर्भनर नियुक्तिका क्रममा हालसम्म लागु नभएको र कही उल्लेख नै नभएको कुरा अघि सारेर प्रधानमन्त्री ओली जसरी पनि ढुंगानालाई गभर्नर बनाउने पक्षमा देखिएका छन् ।
गभर्नरका लागि भट्ट सबै दृष्टिकोणले योग्य हुदाहुदै उनलाई रोक्न डेपुटी गभर्नर भएको व्यक्तिलाई मात्र गभर्नर बनाउनु पर्ने नयाँ कार्ड ओली पक्षधरहरुले फालेको बताईएको छ ।
कहीकतै नभएको प्रावधान अघि सारेर ढुंगाना पक्षमा रहेका ओलीले अन्य प्रतिस्पर्धीलाई समेत रोक्न खोजेको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओली ढुंगानालाई देखाएर महिलालाई मुलुकको पहिलो गभर्नर बनाउने तर्क गरिरहेका छन्, स्रोत भन्छ, ओली महिलालाई देखाएर झापालीलाई गभर्नर बनाउन चाहन्छन् ।
गर्भनरको पद विशुद्ध राजनैतिक नियुक्ति हो । विशिष्ट श्रेणीको मापदण्ड पुगेको व्यक्ति गर्भनर नियुक्त हुन पाउने प्राबधान छ । तर कसैलाई रोक्न र आफूले चाहेको व्यक्तिलाई गभर्नर बनाउन कही नभएको नीतिलाई अघि सार्न खोजिएको स्रोतले बतायो ।
बिगतमा गर्भनर नियुक्त भएका युवराज खतिवडा र दीपेन्द्र बहादुर क्षेत्री दुबै विशिष्ट श्रेणीबाट अवकाश प्राप्त व्यक्ति थिए । उनीहरु दुबै जना डेपुटी गभर्नर थिएनन ।
तिलक रावल, दीपेन्द्र पुरुष ढकाल र चिरञ्जिवी नेपाललाई बाहिरबाट गभर्नर नियुक्त गरिएको थियो ।
गभर्नर नियुक्तिमा भएको ढिलाईसंगै आर्थिक चलखेल समेत बढेको स्रोतको दावी छ ।
बिचौलिया र स्वार्थ समूहहरु गभर्नरमा भएको ढिलाईसंगै आर्थिक चलखेलमा सक्रिय भएका छन् ।
गभर्नरको दौडमा रहेका प्रतिस्पर्धीहरु मध्ये भट्ट एकमात्र निर्विवाद व्यक्ति हुन् । अरु प्रतिस्पर्धीहरु कुनै न कुनै विवादमा मुछिएका छन् ।
गर्भनरको दौडमा स्वार्थ समूहले नबोकेका अर्थतन्त्रका ज्ञाता भट्ट