काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

द एभरेष्ट पोष्ट
२५ चैत २०८१ १८:२९
काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस