राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न आह्वान

द एभरेष्ट पोष्ट
२४ चैत २०८१ २०:२२
राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न आह्वान

काठमाडौँ – ‘राजसंस्था शुभेच्छुक समूह युरोपवासी नेपाली’ ले नेपालमा राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न आह्वान गरेको छ।

उक्त अभियानक संयोजक सागर सुवेदीले एक विज्ञप्ति प्रकाशित गर्दै कस्टकर नेपाली अवस्थाको परिवर्तनका निमित्त नेपालीजनको समृद्धिको सपना साकार गर्न आवाज उठाउने हरेक राजनीतिक दल, सँस्था तथा समूहलाई उक्त अभियानको नैतिक समर्थन रहने जनाएका छन्।

उनले मानवअधिकारको पूर्णतया रक्षा, प्रजातन्त्रको सबलीकरण एवम् , पूर्ण वाक स्वतन्त्रताको सुनिश्चितताको लागी नेपाली जनताले आफैले ल्याएको राजसँस्था समेतको प्रजातन्त्र स्थापना गर्न ढिलो गर्न नहुने जनाएका छन् ।

उक्त अभियानले राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौमा आयोजना गर्न लागेको जनसभामा उपस्थित हुन सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुलाई आह्वान पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस