अमेरिकी ‘सेकन्ड लेडी’ उषा भान्सबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

यद्यपि उनका साथीहरूका अनुसार हाल ३९ वर्षकी भान्सले आफ्ना पति अमेरिकी उपराष्ट्रपति जेडी भान्सको तीव्र राजनीतिक उदयमा उल्लेख्य सहयोगी भूमिका निर्वाह गरेकी छन्।
आफ्ना श्रीमान् शक्तिमा उदय हुँदा उनी कहिलेकाहीँ सञ्चारमाध्यमको नजरमा पनि पर्छिन्। ग्रीनल्यान्डको विवादास्पद पूर्वनिर्धारित भ्रमणका क्रममा पनि यस्तै भयो।
अमेरिकी सपनाकी प्रतिनिधि
आप्रवासी आमाबुवाकी परिश्रमी छोरीका रूपमा उषा भान्स केम्ब्रिजका गल्लीदेखि येल र अमेरिकी सर्वोच्च अदालत हुँदै आफ्नो सार्वजनिक जीवनको शिखरमा पुगेकी छन्। धेरै प्रशंसकका लागि उषा भान्स ‘अमेरिकी सपना’की एक जीवित अवतार हुन्।
उनका ४० वर्षे श्रीमान् पनि उनको गज्जबको योग्यता देखेर चकित पर्छन्। ओहायोका पूर्वसांसद भान्सले आफ्नी श्रीमतीको उपलब्धिले आफूलाई पनि “नम्र” महसुस गराउने बताएका छन्।
तस्बिर स्रोत,Getty Images
माइतीतर्फ ‘नी चिलुकुरी’ नामबाट बोलाइने उषा भान्सको जन्म क्यालिफोर्नियाको सान डिएगोमा एउटा कामकाजी परिवारमा भएको थियो। उनका बुवा मेकानिकल इन्जिनियर र आमा मलेक्युलर बायोलोजिस्ट थिए। भान्सकी आमा भारतको आन्ध्र प्रदेशबाट अमेरिका पुगेकी थिइन्।
उषाले येल विश्वविद्यालयबाट इतिहासमा स्नातकसम्मको अध्ययन गरिन्। त्यसपछि उनले केम्ब्रिज विश्वविद्यालयबाट आधुनिक इतिहासमा एमफिल अध्ययन सकिन्।
जेडी भान्ससँगको भेट
उपराष्ट्रपति भान्ससँग उनको भेट सन् २०१० मा येल ल स्कूलमा विद्यार्थीका रूपमा भएको थियो। त्यहाँ “श्वेत अमेरिकामा सामाजिक स्खलन” नामक छलफल समूहमा उनीहरूको चिनजान भयो।
त्यो भेट र चिनजानले उनका भावी श्रीमान्लाई सन् २०१६ मा प्रकाशित भएको ‘हिलबिली एलजी’ पुस्तक प्रकाशनका लागि प्रेरित गर्यो। ‘यूएस रस्ट बेल्ट’ भनिने कामकाजी श्वेत अमेरिकीहरू बस्ने क्षेत्रमा हुर्किएका उनको बाल संस्मरणमा आधारित यो पुस्तक सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पनि परेको थियो।
सन् २०२० मा रोन होवार्डले उक्त पुस्तकमा आधारित चलचित्र निर्देशन गरेका थिए।
तस्बिर स्रोत,Getty Images
उनको पुस्तकमा भान्सले येलमा उषासँग उनी कसरी “मोहित” भएका थिए भन्ने कुरा खुलाएका छन्। उनले उषासँग कैयौँ उत्कृष्ट गुणहरू रहेको भन्दै उनलाई “पृथक् आनुवंशिक विशेषता” भएकी महिलाको रूपमा तारिफ गरेका छन्।
भान्सले एउटा भेटघाटपछि नै प्रेममा परेको कुरा उनलाई सुनाएर आफूले कसरी “आधुनिक डेटिङका हरेक नियमहरू उल्लङ्घन गरेका थिए” भन्ने पनि चर्चा गरेका छन्।
सहपाठीहरूको सम्झनामा विद्यार्थी उषा भान्स
सहपाठीहरू उनको सहयोगी भावनाका कारण उनी ‘आईभी लीग’ भनिने उच्च प्रतिस्पर्धाबाट छानिने अमेरिकी प्रतिष्ठित विश्वविद्यालयमा छनौट भएको स्मरण गर्छन्।
अहिले कानुनका एक जना प्राध्यापक रहेका चार्ल्स टेलरका अनुसार उषा आफैँले पनि चाहेको उच्च प्रतिष्ठित न्यायाधीशहरूको सहायक पदमा आवेदन कसरी दिने भनेर उनले अरू विद्यार्थीहरूलाई पनि सिकाइरहेकी हुन्थिन्।
तस्बिर स्रोत,Getty Images
अर्का सहपाठीले उषा भान्ससँग अघि बढ्ने अठोटको कमी रहेको आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग बताइन्।
“उनी उत्कृष्ट विद्यार्थी थिइन्। हाम्रो कक्षाकै जान्नेमध्ये थिइन्,” उनी भन्छिन्। “कहिलेकाहीँ त्यस्ता विद्यार्थी अरू विद्यार्थीहरूलाई किनारा लगाउन चाहन्छन्।”
“तर उनी कक्षाकोठाका आफ्ना नोटहरू सधैँ अरूसँग साट्थिन्। तिनीहरू राम्रोसँग व्यवस्थित, रङ्गहरूको सङ्केत लगाइएका र राम्रोसँग गरिएका हुन्थे।”
टेलरका बुझाइमा उषा भान्ससँग आफ्ना श्रीमान्लाई प्रभावित गर्न सक्ने क्षमता थियो। यद्यपि उनीहरूबीच “समान स्तरको सम्बन्ध” रहेको उनी सुनाउँछन्।
अर्का सहपाठी पनि यो कुरामा सहमत छन्।
“जेडीका लागि उनी आवाज ठूलो बनाउने माध्यम जस्तै थिइन्,” उनी भन्छिन्। “उनी येलबाटै उनका लागि मार्गदर्शक थिइन्।”
राजनीतिक झुकाव
तस्बिर स्रोत,Getty Images
उषा भान्सको राजनीतिक झुकाव चाहिँ सधैँ अनुमानको विषय बन्ने गर्छ।
उनका श्रीमान्ले डेमोक्र्याटहरूविरुद्ध नाराहरू लगाइरहे पनि उनी एक दशकअघिसम्म डेमोक्र्याट पार्टीकै सदस्य थिइन्। गत बर्खासम्म पनि उनले काम गरिरहेको सान फ्रान्सिस्कोको वकालत कार्यालयको छवि “प्रगतिशील” थियो।
यद्यपि उनले डिस्ट्रिक्ट अफ कोलम्बिया पुनरावेदन अदालतमा अहिलेका सर्वोच्च अदालतका न्यायाधीश रहेका ब्रेट कभनोको सहायक भएर पनि केही समय काम गरेकी थिइन्। त्यसपछि उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सको सहायक भएर पनि काम गरिन्। दुवै जना न्यायाधीशहरू सर्वोच्च अदालतमा बहुमतमा रहेको कन्जर्भेटिभका खम्बा मानिन्छन्।
शक्तिशाली यो जोडी परिवारको महत्त्वबारे भने धेरै सहमत भएजस्तो देखिँदैन।
उनीहरूको विवाह सन् २०१४ मा केन्टकीमा भयो र यो जोडीबाट दुई जना छोरा तथा एक जना छोरीसहित तीन सन्तान भए।
तस्बिर स्रोत,Getty Images
गत अगस्टमा फक्स न्यूजसँग उषा भान्सले आफ्ना श्रीमान्ले आफ्नो हुर्काइका कारण घरलाई माया गर्ने सांस्कृतिक मान्यतालाई आंशिक रूपमा मात्रै जोड दिने गरेको बताएकी थिइन्। तर आफूलाई परिवारबाट प्राप्त भएको सहयोगका कारण आफूले परिवारमा शान्ति र स्थायित्वका लागि काम गर्ने गरेको बताएकी थिइन।
“किनभने मसँग मेरा पछाडि मानिसहरू थिए,” उनले भनेकी थिइन्।
भारतमा उषा भान्सको जीवनबारे लेखिएको पुस्तकबारे उनका आफन्तले मात्रै नभई धेरैले गर्व गर्ने गरेका छन्।
आन्ध्र प्रदेशमा रहेकी उनकी जिजुहजुरआमाले अमेरिकी सेकन्ड लेडीको सफलताबाट आफू अचम्भीत नभएको बीबीसीसँग बताइन्। उनका अनुसार उनको पारिवारिक विरासत नै हिन्दू विद्वान्हरूको थियो।
तस्बिर स्रोत,Getty Images
चिलुकुरी सन्थम्मा आफैँ पनि आन्ध्र प्रदेशमा भौतिक विज्ञानकी प्राध्यापक हुन्।
“सबै जना विदेशी भूमिको उच्च पदमा पुग्दैनन्। उषाले चुमेको उचाइ र उनको जस्तो प्रशंसा पाउने भाग्य लाखौँमा एक जनाले पाउने हुन्,” उनले भनिन्।
वीवीसी नेपाली सेवाबाट