कुलमानलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ,११ चैत ।
सरकारले कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।
उर्जामन्त्री दीपक खड्कासंग विवादपछि सरकारले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएको हो । सरकारले कुलमानलाई पटक पटक स्पष्टिकरण सोधका थियो । लामो समय चलेको सरकार र कुलमानबीचको विवादपछि सोमवार उनी पदमुक्त भएका हुन् ।
२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।