नेसपा प्रथम महाधिवेशन: बाबुरामले ६८२ मत पाउँदा नेत्रको ७१

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को काठमाडौं भएको प्रथम महाधिवेशनमा मतगणना जारी छ ।
जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा.बाबुराम भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत पाएका छन् ।
यस्तै गणना भएको मतमध्ये उपाध्यक्षका प्रत्यासी ईश्वर रिजालले ३७४ मत पाएका छन् भने डा. जनक शाहले ३२२ मत पाएका छन् ।
निर्वाचन समितिका अनुसार अब अनलाइन मतदान भएका केही मत गन्न बाँकी छ ।