२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन

काठमाडौँ, २७ माघ । २७ वर्षपछि भारतीय जनता पार्टी(भाजपा) को दिल्लीमा पुनरागमन भएको छ ।
विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि दिल्लीको सत्तामा भाजपाको पुनरागमन भएको हो । दुई कार्यकाल दिल्लीको सत्ताको बागडोर चलाएको आम जनता पार्टी(आप) लाई पराजित गर्दै भाजपाले दिल्लीको सत्ताको बाटो तय गरेको हो ।
सन् १९९८ पछि दिल्लीको विधान सभा निर्वाचन हार व्यहोर्दे आएको भाजपाले यस पटक भने बहुमत प्राप्त ग¥यो । दिल्लीमा यस पटक भने प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको जादु चल्यो ।आपका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र बरिष्ठ नेता मनिष सिसोदिया,अवध ओझा र बिबी त्यागीले पनि हार व्यहोर्नु प¥यो ।
भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरेको । सत्तामा रहेको आप २२ सिटमा खुम्चिएको छ । केजरीवाललाई भाजपाका प्रवेशसिंह वर्माले हराए । वर्माले ३० हजार २४ मत पाउदा केजरीवालले २५ हजार ९२५ मतमा सीमित भए । वर्मा भाजपाका पुराना नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुन् ।
यो जितसंगै वर्मा मुख्यमन्त्री बन्ने संभावना छ । यद्दपि त्यसको निर्णय भाजपाको संसदीय बोर्डले गर्नेछ ।
दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो । अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवालको पार्टी २०१४ मा सत्तामा आएको थियो । लगातार दुई कार्यकाल दिल्लीको सत्ता चलाएको आपले यस पटक भने हार व्यहोरेको छ ।
भ्रष्टाचारको आरोपमा जेल गएपछि केजरीवालको साख घटेको थियो । उनी विलासी र सुविधाभोगी भएको आरोप पनि खेप्दै आएका छन् । भ्रष्टाचारको आरोपमा जेल गएपछि सत्ताको नेतृत्व आफ्नै पार्टीकी नेतृलाई हस्तान्तरण गरेका केजरीवालको पार्टी निर्वाचनमा हार व्यहोरेपछि एक दशकपछि सत्ताबाट बाहिरिएको छ हो।