काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा विहान ९ बजेदेखि खेल सुरू हुनेछ । पीएम कपको साविक विजेता समेत रहेको एपीएफ यस प्रतियोगितामा अपराजित छ ।
इन्दु बर्माको कप्तानीमा रहेको एपीएफ उपाधिको दाबेदार टोलीको रूपमा छ । सुदूरपश्चिम पहिलोपटक उपाधि जित्न चाहन्छ ।