नेपाल प्रहरीका ३७ जना डिएसपीको एसपीमा बढुवा सिफारिस, पहिलोमा चन्द

द एभरेष्ट पोष्ट
१२ माघ २०८१ ८:४७
नेपाल प्रहरीका ३७ जना डिएसपीको एसपीमा बढुवा सिफारिस, पहिलोमा चन्द

काठमाडौं, १२ माघ ।
नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षकबाट उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिले शुक्रवार राति प्रकाशित गरेको बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा सुदूर पश्चिमका कुलदीप चन्द छन्। मूल्यांकनमा सर्बाधिक अंक प्राप्त गरेका चन्द सोही आधारमा पहिलो नम्बरमा सिफारिस भएका हुन् ।

सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरत  कुमार थापा क्षेत्री रहेका छन् ।

त्यस्तै बढुवा सिफारिस हुनेमा युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् ।

सिफारिस हुने अन्य अधिकृतहरूमा श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस