अछाममा एमाले : वडा कमिटी नै रावलको अभियानमा समाहित

अछाम – अछाममा नेकपा एमालेको वडा कमिटि नै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले साँफेबगर–१० को वडा कमिटी नै रावलको अभियानमा लागेको हो ।
आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित भएको हो ।