प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : बागमतीमाथि सुदूरपश्चिमको जित

धनगढी । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
फाप्ला क्रिकेट मैदानमा आज भएको सुपरफोर चरणको खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको हो ।
सुदूरपश्चिमको जितमा ऋतु कनौजियाले अविजित ३४, करिस्मा थापाले १६ र कविता कुँवरले १३ रनको योगदान दिइन । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै सात विकेटको नोक्सानमा ११२ रन बनाएको थियो ।
बागमतीलाई सोनु खड्का र मनिषा उपाध्यायले सामान तीन(तीन विकेटको सफलता दिलाएकी थिइन ।
११३ रनको जित लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको बागमती प्रदेश अन्तिम दुई बल बाँकी छँदा आफ्नो सबै विकेट गुमाएर ८२ रन मात्रै बनाएपछि सुदूरपश्चिमले जित हात पा¥यो । बागमतीका लागि यशोदा विष्टले ३० र हेलिसा गुरुङले २३ रन बनाइन् ।
बलिङ गर्दै सुदूरपश्चिमका लागि कविता कुँवर र करिस्मा थापाले दुई(दुई विकेट लिइन । त्यस्तै, आशिका महरा र ऋतु कनौजियाले एक(एक विकेट लिनुभयो । खेलमा ३४ रन बनाउनुका साथै एक विकेट लिएकी कनौजिया प्लेयर अफ द म्याच घोषित भएकी छन् ।