अमेरीकाबाट तीन नेपाली निष्कासित

द एभरेष्ट पोष्ट
९ माघ २०८१ १६:०३
अमेरीकाबाट तीन नेपाली निष्कासित

काठमाडौं  : अमेरिकी अध्यागमनले  गैकानुनीरूमा बसोबास गर्ने तीन जना नेपालीलाई  निष्कासन गरेको छ।  गैरकानुनीरूपमा अमेरिका प्रवेश गरेका लोकबहादुर ओली लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो।

स्रोतका अनुसार उनीहरू गत साता काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आएका हुन्।

उनीहरूले अमेरिकामा कस्तो कानुन उल्लंघन गरेको भन्ने विषयमा खुलेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरू आतंकित बनेका छन्। उनले सपथ लिएकै दिन आप्रवासनसम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्। जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले लिएको हो। राष्ट्रपति ट्रम्पले यसविरुद्ध कडारूपमा लाग्ने बताएका छन्।

यसअघि पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस