करको विषयमा डोनाल्ड ट्रम्पले चीनलाई दिए चेतावनी

द एभरेष्ट पोष्ट
९ माघ २०८१ ११:२८
करको विषयमा डोनाल्ड ट्रम्पले चीनलाई दिए चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो दिन नै चिनियाँ आयातबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । उनले फेब्रुअरी १ देखि यो शुल्कमा विचार गर्न लागिएको बताएका छन् ।

पत्रकारसँग ट्रम्पले चीनले अमेरिकामा फेटानिलजस्ता औषधि पठाउँदै आएको र यसले संकट निम्त्याएको दाबी गरे ।

उनले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने धम्की समेत दिएका छन् । ट्रम्पले यी दुई देशले अवैध आप्रवासी र लागुपदार्थलाई अमेरिका आउन दिएको आरोप पनि लगाएका छन् । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस