नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण

द एभरेष्ट पोष्ट
१६ पुष २०८१ ११:१४
नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। यसबाहेक नेपालले थप समान १–१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।

पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते। निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन्।

सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन्। चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन्। नेपालका विकेश बिडारी टोलीका प्रशिक्षक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस