रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

द एभरेष्ट पोष्ट
८ पुष २०८१ ३:३८
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

काठमाण्डौं, ८ पुस ।
रास्वपा सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ ।

सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
यस विषयमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दर्र्ता भएको संसद् सचिवालयलाई सूचना पठाइसकेको छ भने उक्त सूचना संसद् सचिवालयमा पुगिसकेको बुझिएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिईन।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ९संशोधनसहित० को दफा ९२७० बमोजिम पद निलम्बन हुने भएको हो । ऐनमा भनिएको छ, “प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस