सरकारले काम गर्न नसकेको शेखर कोइरालाको ठहर

द एभरेष्ट पोष्ट
७ पुष २०८१ ६:२५
सरकारले काम गर्न नसकेको शेखर कोइरालाको ठहर

धनगढी- नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए ।

आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले भने- ‘याे सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेकाे हाे त्यही अनुसार अघि बढनु पर्छ ।’

नेता काेइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । काेइरालाले भने – ‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेकाे छैन, अब सबैले दवाव दिनुपर्छ ।’

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे प्रधानमन्त्री स्वयंले नै स्विकारेकाे बताउँदै नेता काेइरालाले भने – ‘याे सरकार बनेकाे ५ महिना भयाे, अब सुधार गर्दै अघि बढनुपर्छ ।’ उनले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएकाे बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नाे कुनै दुरी नभएकाे उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमकाे मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस