महिला यू-१९ एसिया कप : वर्षाका कारण नेपालले श्रीलंकासँग अंक बाँड्यो

द एभरेष्ट पोष्ट
४ पुष २०८१ ८:०८
महिला यू-१९ एसिया कप : वर्षाका कारण नेपालले श्रीलंकासँग अंक बाँड्यो

काठमाडौं । एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ।

जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ। नकारात्मक रनरेट भएको तेस्रो स्थानको बंगलादेशको पनि २ अंक छ। श्रीलंका एक अंक जोडेर चौथो स्थानमा छ।

अब नेपालले भोलि सुपर-४ को अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। जित निकाले नेपालले फाइनल खेल्नेछ। खेल रद्द भए पनि नेपाल फाइनल पुग्नेछ। हार भने नेपाल बाहिरिनेछ।

सुपर-४ का शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।

बिहिबार मलेसियाको बायुमास क्रिकेट ओभलमा श्रीलंकाविरूद्ध टस जितेको नेपालले पहिले बलिङ गरेको थियो। नेपालले एक ओभरमा श्रीलंकाको एक विकेट लिएपछि खेल वर्षाले अवरुद्ध भएको थियो।

यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाले रद्द हुँदा अंक बाडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस