एशिया कपमा नेपाली युवा टोलीको विजयी शुरूआत

द एभरेष्ट पोष्ट
१ पुष २०८१ ९:२१
एशिया कपमा नेपाली युवा टोलीको विजयी शुरूआत

काठमाडौं । एसीसी महिला यू-१९ एशिया कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले पाकिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ।

मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको हो।

नेपालका लागि पूजा महतोले ४४, सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रवीनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलैनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेटको क्षतिमा १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिजले २९, रविल फरहानले १३ र जुफिसान अय्याजले १२ रन बनाए। नेपालका लागि पूजा महतोले दुई, रचना चौधरी, रिया शर्मा र सीमा केसीले एक-एक विकेट लिए।

यो जितसँगै नेपालले दुई अंक जोडेको छ। प्रतियोगिताको अर्को खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बाङ्लादेश र मलेशिया समूह ‘बी’ मा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस