हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा एक सय जनाको मृत्यु

द एभरेष्ट पोष्ट
१ पुष २०८१ ७:३०
हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा एक सय जनाको मृत्यु

काठमाडौं– हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

यो संख्या अझै बढ्न सक्ने फ्रान्सका सञ्चार माध्यमहरूले जनाएका छन् । २२५ किलोमिटरको गतिमा आएको तुफानलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ ।

मेयोटको जनसंख्या ३ लाख २० हजार छ । यहाँ अवैध आप्रवासीको संख्या धेरै छ। ७५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस