काठमाडौं गुर्खाजलाई पोखराको १ सय ३९ रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको टार्गेट दिएको छ। त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो।
पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए। दिनेश खरेलले ३८, दिलिपनाथले २७ रन बनाए।
कप्तान कुशल भुर्तेलले भने ७ रन मात्र जोड्न सके। काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफको सम्भावनालाई कायम राख्न संघर्षरत छन्।
दुवै टोलीका लागि आजको खेल छैटौं हो।
दुवैले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेका छन्। दुवै टोली ४ अङ्कका साथ तालिकाको छैटौँ र सातौँ स्थानमा छन्। काठमाण्डौं पोखराभन्दा एक स्थान अगाडि छ।