भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ, के हो कारण ?

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८१ ७:५५
भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ, के हो कारण ?

एजेन्सी । पछिल्लो समयका बहुचर्चित भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हैदरावादको सन्ध्या थिएटरमा भएको भागदाैडमा एक महिलाको मृत्यु भएको विषयलाई लिएर अभिनेता अल्लुलाई पक्राउ गरिएको हो  ।

अल्लुलाई थप सोधपुछका लागि चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको बताइएको छ । ४ डिसेम्बरमा अल्लु अर्जुनलाई हेर्न हैदराबादको सन्ध्या थिएटरमा ठूलो भिड जम्मा भएको थियो  ।

त्यस क्रममा भागदौड हुँदा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका आठ वर्षीय छोरालाई अस्पताल भर्ना गरिएको थियो ।

परिवारको उजुरीपछि भारतीय प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनलाई लापर्वाही गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । अल्लु अभिनित ‘पुष्पा २’ अहिले हलहरूमा प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस