अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

अमेरिका : अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ। अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ “रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने” बताए।
उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए।अमेरिकाले युक्रेनलाई यो सहयोग त्यस्तो समयमा दिएको हो, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि मात्र आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए।