सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो?

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८१ १३:४६
सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो?

काठमाडौं । विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट हुन सकेको छैन ।

उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले असाद रुसको राजधानी मस्को प्रस्थान गरेको सोसल मिडिया ट्रुथमा लेखेका छन् । यद्यपि यो पुष्टि हुन बाँकी छ ।

कतिपय मिडियाले देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद सवार प्लेन दुर्घटना भएको अनुमानसहितका समाचार पनि लेखेका छन् । तर यो पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

असद र उनको परिवारका सदस्य सवार आईएल–७६ विमान जमिनबाट ५०० मिटर माथि आकासमा दुर्घटना भएको हल्ला छ । त्यसअघि विमान राडारबाट सम्पर्कविच्छेद भएको बताइन्छ । कतिपयले विमानलाई विद्रोहीहरुले खसालेको दाबी समेत गरेका छन् । दुर्घटना भएको वा विद्रोहीले खसालेको भन्ने विवरण पुष्टि हुन भने बाँकी छ ।

सिरियाका विद्रोहीहरुले राजधानी दमास्कस कब्जा गर्नुभन्दा अगाडि दमास्कसबाट अन्तिम उडान भर्ने सिरियाई एयरको उडान नम्बर ९२१८ आईएल ७६ विमान थियो । ओपन सोर्स फ्लाइट ट्र्केर्सका अनुसार उड्नासाथ विद्रोहीहरुले कब्जा गरेको होम्स शहरमाथिको आकासबाट विमान सम्पर्कविच्छेद भएको थियो ।

विद्रोहीहरु देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए । विद्रोही समूह एचटीएसले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य भएको र नयाँ दिन सुरु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस