सुदूरपश्चिम महोत्सव : उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

द एभरेष्ट पोष्ट
२२ मंसिर २०८१ ४:२८
सुदूरपश्चिम महोत्सव : उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

धनगढी: सुदूरपश्चिम महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन।

धनगढीमा शनिवारदेखि सुरु हुने १८ औँ संस्करणको महोत्सवको उद्घाटन उद्योग मन्त्रीले गर्ने भएका हुन। कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ। संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको हो।

व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको संभावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ। महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस