जिम्मी निशम बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले पोखराविरुद्ध ५ छक्कासहित ४० रन जोडेका थिए ।
यस्तै, लाहिरु मिलन्थाले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।
तुलबहादुर थापाले ‘क्याच अफ द म्याच’ अवार्ड विपिन रावलले प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।