कञ्चनपुरको भीमदत्तको वडा अध्यक्षमा नेपाली कांग्रेसका चन्द बिजयी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ७:२६
कञ्चनपुरको भीमदत्तको वडा अध्यक्षमा नेपाली कांग्रेसका चन्द बिजयी

कञ्चनपुर, १७ मंसिर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बहादुर चन्द विजयी भएका छन्।

११०७ मत ल्याएर काँग्रेसका चन्द बिजयी हुदा उनका प्रतिद्वन्दी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे।

१२ जनाबिच भएको प्रतिस्पर्धामा राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले ३ सय ६९ मत र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५ र रास्वपाका उम्मेदवार रामदत्त भट्टले २ सय १८ मत पाए । जम्मा २ हजार ९ सय ९१ मत खसेकोमा

२०७९ मा नेपाली काँग्रेसका तर्फबाट निर्बाचित वडा अध्यक्ष महेन्द्र बहादुर खड्काको गत वर्ष मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि आईतवार उप निर्बाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस