काठमान्डु गुर्खाजले एनपीएल क्रिकेटमा पहिला ब्याटिङ गर्दै

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ४:१०
काठमान्डु गुर्खाजले एनपीएल क्रिकेटमा पहिला ब्याटिङ गर्दै
काठमाडौँ —

काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

शनिबार सुरु प्रतियोगितामा काठमाडौं र चितवन दुवैको यो पहिलो खेल हो । आइतबार उप निर्वाचनका कारण कुनै खेल हुन सकेको थिएन ।

काठमाडौंको कप्तानी करण केसीले गरिरहेका छन् । टोलीमा माइकल लेभिट, शंकर राना, स्टेफन इस्किनाजी, भिम सार्की, जेहरार्ड इरसमस, सुमित महर्जन, डन डाउथवेट, रशिद खान, शाहव आलम छन् ।

त्यस्तै चितवनबाट सन्तोष कार्की, हसन एसाखल, दीपक बोहरा, लुक बेन्कस्टन, रवि बोपारा, शरद भेषावकर, अमरसिंह राउटेला, सोहेल तान्भिर, रिजन ढकाल, विपिन रावल प्लेयिङ ११ मा खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस