जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ३:२८
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

जाजरकोट, १७ मंसिर।
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन्।

उनी ४,२७२ मत ल्याएर बिजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३,१४७ मत ल्याएर पराजित भइन्। नेकपा एमालेकी सुनिता बोहराले २,५४२ मत ल्याइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन्।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको २०८० साल कात्तिक १७ गते गएको भूकम्पमा मृत्यु भएपछि यो उपनिर्वाचन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस