बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेकी सुलोचना भण्डारी बुढा बिजयी 

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ३:२२
बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेकी सुलोचना भण्डारी बुढा बिजयी 

बाजुरा,१७ मंसिर । बाजुराको स्वामिकार्तिक स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढा बिजयी भएकी छन् ।

सुलोचना १ हजार ७४० मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार पुलतीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । स्वामिकार्तिक खापरमा ७ हजार ४६० मध्ये ३ हजार ९०३ जना मतदाताले मतदान गरेका थिए ।

२०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार बुढाले यस पटक काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै बाजी मारेकी हुन् ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् । जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन्। जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस