सप्तरीको डाक्नेश्वरी ४ को वडाअध्यक्षमा जसपाका यादव बिजयी

जनकपुरधाम, १७ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका बिजयी भएको छ ।
डाक्नेश्वरी नगरपालिका ४ को वडाध्यक्षमा जसपा नेपालका देवेन्द्र प्रसाद यादव ३७२ मत सहित बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।
यो वडामा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरि प्रसाद राय विजयी भएका थिए ।