ठाकुरबाबा नगरपालिका ४ मा कांगेसका थारू विजयी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु विजयी भएका छन्,
आज बिहान सम्पन्न मतगनणामा नेपाली काग्रेसका अमिन थारुले १ हजार ४३ मत ल्यायर विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत र नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरे । त्यस्तै नागरिक उन्मुक्तिका प्रितिलाल थारुले ७० मत, राप्रपाले ५२ मत र रास्वपाले १७ मत प्राप्त गरेका छन् ।
३ हजार ५ सय १० मतदाता सख्या रहेको सो वडामा २ हजार २ सय ३९ मत खसेको थियो जसमा ४० मत बदर भएको थियो ।