त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ १:३९
त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राईविजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार राईले ९ सय २३ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार संजीव काफ्लेले ३ सय ५९, एकीकृत समाजवादीका निर्मला चौधरीले ३ सय १२, रास्वपाका ध्रुवप्रसाद पोखरेलले २ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस