परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्री वाङबिच भेटवार्ता

द एभरेष्ट पोष्ट
१४ मंसिर २०८१ १५:२१
परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्री वाङबिच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शुक्रबार भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार राणा र वाङ यीबिच वार्ता भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार चीन पुगेकी हुन्।

राणा र वाङ यीबिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. राणाको निजी सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएकी छन् ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरेकी थिईन ।

मन्त्री डा. राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताईन ।

चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस