जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित

धनगढी, ५ मंसिर।
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
२०७९ मा कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित टीकाकुमारी सत्तारुढ नेकपा एमालेको समर्थनमा जिसस प्रमुखमा निर्बिरोध निर्बाचित भएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।
बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले नाउपाकी उम्मेदवार रुपमती डगौराले उम्मेदवारी फिर्ता लिएपछि काँग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित भएको बताए ।
नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख रहेका पदमबहादुर कलेलको २३ पुस २०७९ निधन भएपछि रिक्त रहेको पदमा बुधवार निर्बाचन भएको हो ।