सुदूरपश्चिम रोयल्स र एसपीएबीच सम्झौता

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ १४:५०
सुदूरपश्चिम रोयल्स र एसपीएबीच सम्झौता

धनगढी, ४ मंसिर ।

सुदूरपश्चिम रोयल्स क्लब र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) धनगढीबीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने एक मात्र क्लव सुदूर पश्चिम रोयल्स र एसपीबीच मंगलवार उक्त सम्झौता भएको हो ।

क्लबका मालिक स्वतन्त्रप्रताप शाहले एसपिएसँगको सहकार्यले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य पुरा मद्दत पुग्ने  बताए ।

एसपीएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डीपीएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ हुनुहुन्छ । यही मंसिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपीएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा छन् ।

आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस