डडेल्धुरामा जिप दुर्घटना, दुई महिलाको मृत्यु

डडेल्धुरा, ४ मंसिर ।
कञ्चपुरको दैजीबाट डडेल्धुराको परशुराम नगरपालिका जादै गरेको जिप दुर्घटना हुदा दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी नौ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार दैजी–जोगबुढा सडक अन्तर्गत पर्ने डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा मंगलवार दिउँसो करीव चार बजेतिर लु १ ज ४५७९ जिप दुर्घटना दुई महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार १२ जना यात्रु रहेको जिप सडकबाट सय मिटर तल खसेको थियो ।
घाईतेहरुलाई उपचारका लागि कञ्चनपुर लगिएको छ । चालक भने सकुशल छन् ।
प्रहरीले जिप चालक परशुराम नगरपालिका–११ एक्लेगडाका २४ वर्षीय प्रकाश कुँवरलाई नियन्त्रणमा लिएको छ ।