तिमी पुरुषहरु किन यति हठी ?

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ २:१९
तिमी पुरुषहरु किन यति हठी ?

अनामिका ।

पुरुषहरु जिद्दी हुन्छन, मैले यसो भनिरहदा उसले जवाफमा भन्यो,महिलाहरु नि ?
पुरुषहरुभन्दा कम, मैले प्रत्युत्तरमा भने ।
आफ्नो बखान आफै गर्ने यो त महिलाहरुको बानी नै हो,उसले मलाई इंगित गर्दै भन्यो ।
महिलाहरु जालमा नफस्दासम्म उसको बखान गरेर नथाक्ने पुरुषको बानीलाई चाही के भन्ने ? मैले प्रश्न तेस्र्याए ।
उसले निमेषमै भन्यो,पुरुषहरु त्यही त गल्ती गर्छन, राम्रो भनेर तारिफ गरेर आफै जालमा फस्छन ।
ए ! तिमीले आफू जालमा फसे भन्न खोजेको ? मैले अलि रिसाए झै गरी भने ।
उसको प्रष्टिकरण थियो,मैले त्यसो भनेर ?
मैले प्रश्न गरे, अनि के त ?
म त तिमीलाई देखेकै दिन फसे ? उसले फेरि मलाई अलि चिढ्याउन भन्यो ।
चुप लागेर म पनि कहाँ बस्थे, मैले भने, अरुलाई फसाएर पुरुषहहरु यसै भन्छन् ।
जिद्दी गर्ने त पुरुषहरुको स्वभाव नै हो, मेरो यो थप आरोप थियो ।
म्याडम माफ गर्नुस, पुरुषले साँचो बोल्छन्, महिलाहरु पो जिद्दी हुन्छन्, उसले प्रतिवाद ग¥यो ।
म अन्यथा मान्दिन, मेरो सटिक प्रतिक्रिया दिए ।
उसले मतिर हेर्दै कौतुहलतापूवर्क सोध्यो, के ?
आफ्ना सम्पूर्ण कर्तुतहरुलाई जसरीपनि औचित्यपूर्ण बनाउन भए भरका तर्कहरु गर्नु यो त पुरुषहरुको स्वभाव नै, मैले तत्काल जवाफ दिए ।
फेरि जिद्दी ? उसले प्रश्न ग¥यो ।
मैले भनिदिए, सिकायो कस्ले ?
तिमीसंग नसकिने भो,उसले हार स्वीकार झै ग¥यो ।
ओहो ! यति चाँडै हार स्वीकार गर्छौ मलाई लागेकै थिएन, मैले आश्चर्य प्रकट गरे ।
तिमी ठुस्किन्छौ भनेर पो ? उसले मेरै लागि हार स्वीकार गरेझै गरेर जित्न खोेज्यो ।
नत्र के गथ्र्यौ ? मैले प्रश्न गरे ।
यति थाह पाईराख, म महिलाजस्तो हठ गर्दैनथे, उसको अर्को कटाक्ष मिश्रित जवाफ आयो ।
म कराए, यु…………..स्टुपिड………
उसले जवाफमा भन्यो, सेम टु यु………
हा..हा….हा….
हामी दुबै हास्यौ । यस्तै वाद प्रतिवादमा हामीले धेरै समय बितायौ । उ पुरुष भएकै कारण पुरुषको पक्ष लिन्थ्यो, म भने महिलाहरुको पक्षमा उसंग प्रतिवाद गर्थे । फेरि पनि केही कुरा यस्ता थिए, जसमा हामी दुबै सहमत थियौ ।
फेरि पनि वाद प्रतिवाद गर्नुको मज्जा बेग्लै थियो । जिस्किनु । जिस्काउनु । सताउनु । रिसाउनु । फकाउनु । ठुस्किनुको मज्जा नै बेग्लै ।
दिनहरु यसरी नै बितिरहेका थिए ।
महिलाहरु एकातिर पुरुषप्रति अविश्वास पालिरहन्छन्,अर्कोतिर आफ्नो सबैथोक सुम्पिन्छन्? म्याडम यो त बिरोधाभास भएन ? उसले मतिर प्रश्न सोझ्यायो ।
यो त समर्पण हो, मैले भने ।
अविश्वासमाथि समर्पण कस्तो ? मैले बुझिन, उसले बुझ पचाए झै गरी प्रश्न ग¥यो ।
समर्पण बुझ्न पुरुष होईन, महिला नै हुनुपर्छ, मेरो जवाफ थियो ।
बुझाउन सक्दिन भनन्, उसले फेरि चिढ्याउन खोज्यो ।
म किन चुप लाग्थे, भनिदिए, पुरुषहरु बुझ्नै चाहदैनन ।
उ अलि आक्रामक जवाफ सहित प्रस्तुत भयो, महिलाहरु बस लुटिईरहन चाहन्छन ।
महिलाको समर्पणलाई कमजोरी ठान्छन्, पुरुषहरु, मैले भने ।
महिलाहरु पस्किन्छन त्यसैगरी, उसले फेरि महिला माथि दोष थोपर्दै भन्यो ।
दृष्टिभ्रम भएपछि जे भने पनि भयो, मैले यस्तो आरोप लगाए ।
उ रिसाएझै गरी बोल्यो, कसलाई भन्या ह तिमीले ?
कस्लाई भन्या जस्तो लाग्यो ? मैले उल्टै प्रश्न गरे ।
हेर महिलाहरुबाट बर्बाद भएका पुरुषहरु धेरै छन्, यहाँ ? उसको नयाँ तर्क थियो,यो ।
ए जित्नलाई कुतर्क गर्ने ? मैले उसको तर्कलाई कुतर्क भनिरहदा उ जंगियो ।
कुतर्क होईन, यही हो वास्तविकता, उसले आफ्नो तर्कको बचाउ गर्दै भन्यो ।
मैले भने, कुतर्कले जित्न सकिएला तर यो पनि बुझ कुतर्कले सत्यलाई ढाक्न चाही सक्दैन ।
कुतर्क चाही नभन है, उसले धम्कीपूर्ण आग्रह ग¥यो ।
कुतर्क नै भन्छु । कुतर्कलाई कुतर्क नभनेर के भनु, मैले अझै उसलाई चिढ्याउन खोजे ।
महिलाहरु यही त जिद्दी गर्छन । आफूले भनेको सही । अरुले भनेको गलत । आफूले भनेको तर्क । अरुको चाही कुतर्क ? उसले यसो भनिरहदा उ रक्षात्मक देखिन्थ्यो ।
महिलाहरु तिमी पुरुषहरु जति हठी चाहि हुदैनन है,  मैले भने ।
उसले प्रतिवाद गर्दै भन्यो, जे भन महिला भन्दा चाही पुरुषहरु हठी कम नै छन् ।
मैले प्रश्न मिश्रित जवाफ दिए, आफ्ना कमजोरी त किन स्वीकार गथ्र्यौ होईन ।
संगत कस्को ? उस्ले मलाई नै प्रश्न ग¥यो ।
मैले त मेरै मात्र संगत गर्छौ भन्ने ठानेकी थिए, अरु ककस्को संगत गर्छौ भन ? मैले आशंका गरे झै सोधे ।
तत्काल प्रतिवाद गर्दै उसले भन्यो, पुरुष बिग्रिन के धेरै महिलाको संगत गर्नुपर्छ भनेकी ? एउटै महिला काफी हुन्छे ?
यु……स्टुपिड……
सेम टु यु …..
यति भन्दै उ भाग्यो । मैले लखेटे । तर भेटाउन सकिन । एकछिन पनि उ आफै म भएको ठाँउ आयो । भाग्नु । लखेट्नुमा पनि छुट्टै मजा हुदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस