प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।