अमेरिकामा कति बजे छ भाइटीकाको साइत ? राज्य पिच्छे फरक समय

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८१ १७:५७

न्यूयोर्क ।  नेपालमा टीका लगाएर तिहारको बिदाइ गरिरहँदा अमेरिकामामा भने आज टीका लगाईएको छ  ।

भाइटीकाको साइतलाई लिएर अन्यौलता कायमै रहेको बेला अमेरिकामा रहेका नेपालीहरूले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति मार्फत तय गरेको शुभ साइतसंगै आआफ्नो अनुकूल परेको समयमा टीका लगाए ।

समितिले राज्य पिच्छे फरक फरक साइत तय गरेको थियो । यहाँ रहेका कतिपय नेपालीले सोही निर्णयलाई अनुसरण गर्दै टीका लगाए । कतिपयले आफ्नो समयअनुसार टीका लगाए ।

समितिले अमेरिकामा भाइटीकाको साइत नोभेम्बर २ तारेखमा रहेको विज्ञप्ति मार्फत जनाएको थियो ।

समितिले नोभेम्बर २ तारेखका दिन न्यूयोर्कमा बिहान ११ः४४ बजे, केन्टुकीमा ११ः५७ बजे, टेक्सासमा ११ः४५ बजे, वासिङ्टन डिसीमा ११ः४१ बजे र क्यालिफोर्नियामा ११ः२३ मा भाइटीकाको साइत रहेको जनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस